Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज मन्त्रिपरिषद् पुनर्गठन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको बताइन्छ । कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषयमा भने केही खुलाइएको छैन । आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे सदस्यहरुलाई जानकारी गराएका थिए । नियमित डायलाइसिसले सहज जीवन सम्भव नभएकाले मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा चिकित्सकहरु पुगेको हुँदा आफू पनि मानसिकरुपले तयार रहेको अवगत गराए ।
उनले मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने विषयमा पनि जानकारी गराएका थिए । सोमबार साँझसम्म अर्का अध्यक्ष प्रचण्ड र केही पार्टीका हितैसीहरुसँगको परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । केही दिन यता मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्रीले ओलीले पार्टीका नेताहरुसँग आन्तरिक छलफल गर्दै आएका थिए । गत बिहीबार प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिव डेढघण्टा छलफल गरेका थिए भने मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए । कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा प्रधानमन्त्री लागेका हुन् । यस्तै कतिपय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय परिवर्तन समेत हुने सक्ने स्रोतले जनाएको छ ।
मन्त्रीहरूको कार्यशैली चुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरे पनि अपेक्षित परिणाम नआएपछि प्रधानमन्त्री असन्तुष्ट रहँदै आएका थिए । केही समयअघि भएको समीक्षामा कामै नभएको भन्दै उनले आपत्ति समेत जनाएका थिए ।