Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन आउन ३ दिन बाँकी रहँदा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै छिन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार त्यसका लागि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मा प्रावधिक तयारी हुँदै छ। प्रधानमन्त्रीज्यूले चुनावसहित र अन्य समसामयिक विषयमा राष्ट्रलाई सम्बोधन गर्दै हुनुहुन्छ, उनले भने। यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण केपी ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको मुख्य जिम्मेवारी यही निर्वाचन गराउनु हो। जेनजी विद्रोहका कारण नियमित समयअगाडि नै हुन लागेको यो निर्वाचनलाई विशेष ठानिएको छ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल