Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज संसदमा प्रमको संबोधन

काठमाडौं । देशको समसामयिक विषयलाई लिएर संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकारको कामका बारेमा बोल्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले ठीक ११ बजे संसद बैठकको शुरु मै सम्बोधन गर्नेछन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले समसामयिक विषयवस्तु तथा सरकारको कामका बारेमा धारणा राख्ने कार्यतालिका छ ।
त्यस्तै प्रधानमन्त्रीले सम्बोधन गरेपछि सांसदले प्रश्न गर्न पाउने व्यवस्था भएकाले सोही अनुसार सांसद र प्रधानमन्त्रीबीच पश्नोत्तर पनि हुने व्यवस्था मिलाइएको छ ।


सम्बन्धित समाचार