Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज संसद राप्रपाले बिथोल्ने

काठमाडौं । जनताका समस्यामा सरकारले आँखा चिम्लिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको संसद बैठक अवरोध गर्ने भएको छ । दुग्ध व्यवसायी किसान, मिटरव्याज पीडित र सहकारी पीडितको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै राप्रपाले संसद अवरूद्ध बनाउने भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गत १३ गतेको संसद बैठकमा यस विषयमा धारणा राखेका थिए । दुग्ध व्यवसायी किसान मिटरव्याज पीडित लगायतको समस्या समाधाका लागि सरकारले ठोस काम नगरे अर्को बैठक अवरोध गर्ने जानकारी गराएका थिए ।


सम्बन्धित समाचार