Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन

 

काठमाडौं । आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विहान १० बजेदेखि दिउँसो १ः०० बजेसम्म मनोनयन पत्र दर्ता हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी स्थानीय तहको सदस्य पदका लागि मनोनयन दर्ता गराउन सकिनेछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्थनीय तह सदस्य उपनिर्वाचत लागि आज मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।
मनोनयन दर्ताका लागि नेपाली नागरिकताको प्रमणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने, दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्रलगायतका प्रमाण लिएर मनोनयन दर्ता गर्न आउन भनेको छ ।