Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज हुन्छ एमालेको फैसला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) एक भएर जान्छ या कित्ता काट हुन्छ आजको निर्णयमा भर पर्दछ । नेकपा एमालेका दुई समूहबीच बढेको दुरी केही छलफलर वार्ताका माध्यमबाट घटाइएको बेला एमाले एकै हुने आशा बढेको छ । आज एमाले स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । यसअधि बुधबारका लागि बोलाईएको बैठक स्थगित भएको थियो । नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श र छलफल जारी रहेको तथा बैठकको अन्य एजेण्डाबारेमा आन्तरिक गृहकार्य पूरा हुन नसकेपछि आजका लागि बैठक सारिएको स्रोतले जनाएको छ ।

ओली र नेपाल समूहको छुट्टाछुट्टै बैठक बस्दै
एमालेका संस्थापन र विद्रोही समूहले आज छुट्टाछुट्टै बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बलाएका छन् । आज अपरान्ह ४ बजे बस्ने बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ। यस्तै ओली पक्षबाट निस्कासनमा परेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि आज केन्द्रीय समिति बैठक बोलाएको छ। यो बैठक भर्चुअल रूपमा बस्नेछ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको छ । उक्त बैठक अहिले ११ बजे बैठक बस्ने तयारीमा रहेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल