Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज १५७३ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । कोरोना संक्रमणको अवस्था आज केही बढेको छ । बितको २४ घण्टामा देशभर १ हजार ५ सय ७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । गौतमका अनुसार हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् ।

आइतबारमात्रै ८८५ डिस्चार्ज भएका छन् । यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन् ।