Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज २९०९ जना कोरोना संक्रिमत थपिए, १८ जनाले ज्यान गुमाए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ। आज देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ।

१८ कोरोना संक्रमितको मृत्यु
थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०९ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।


सम्बन्धित समाचार