Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आत्महत्या रोकथामका लागि कार्यक्रम

काठमाडौं । पर्वत, विश्व आत्महत्या रोकथाम दिवस २०७६ को अवसरमा कुश्मा नगरपालिका(६ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको सभाहलमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोकथाम विषयमा अन्तक्रियात्मक प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आत्महत्याका घटनाहरु प्रायस् सामाजिक संजालहरुको दुरुपयोग, पारिवारिक विचलन र असीमित ईच्छाका कारण हुने गरेकोले आत्महत्या न्यूनीकरणको लागि चाल्नुपर्ने कदमका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका मानसिक स्वास्थ्य फोकल पर्सन तेज प्रसाद सुवेदीले आत्महत्या न्यूनीकरण सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुका साथै सहभागिहरुबाट उठेका जिज्ञासाको निरुपण गर्नुभएको थियो ।
पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, सेवा केन्द्रका निवर्तमान अध्यक्ष मान कुमारी गिरी, उपाध्यक्ष तिला गिरी, सहायक प्रमुख जिल्ला अधिकारी छवि सुवेदी समेतले आ(आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय आमा समूहका अध्यक्ष, स्थानीय बासिन्दा तथा प्रहरी कर्मचारी समेतको सहभागिता रहेको थियो ।
मोरङ, विश्व आत्महत्या रोकथाम दिवस २०७६ को अवसरमा कानेपोखरी गाउँपालिका(६ स्थित जनसेवा माध्यमिक बिद्यालयको प्राङगणमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम मंगलबार बिहान सम्पन्न भएको छ ।
कार्यक्रममा मोरङ कानेपोखरी गाउँपालिकाका प्रमुख तारा बहादुर काफ्लेले आत्महत्या रोकथामको लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले आत्महत्याको बृद्धि तीब्र रूपमा बढिरहेको र यसलाई न्यूनीकरण गर्न सबैले आ(आफ्नो ठाउँबाट क्रियाशिलता देखाउन जरूरी रहेको चर्चा गर्नुभयो । साथै कार्यक्रममा कोशी अंचल अस्पताल विराटनगरका मनोचिकित्सक डा। रोशन पोखरेलले आत्महत्या न्यूनीकरण गर्नका निमित्त गर्नुपर्ने व्यवहार तथा आत्महत्या बढ्नुका कारण लगायतका बिषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साथै कानेपोखरी गाउँपालिका र जनसेवा माध्यमिक बिद्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम कानेपोखरी बजारमा विभिन्न सचेतनामूलक ब्यानर तथा प्लेकार्ड सहितको र्‍याली गरिएको थियो ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी, स्थानीयबासिन्दा, शिक्षकहरु, विद्यार्थी, संचारकर्मी तथा प्रहरी कर्मचारी समेतको सहभागिता रहेको थियो ।