Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आदित्य नारायणको विवाहको तयारी सुरु

उदित नारायणका छोरा तथा इन्डियन आइडलका कार्यक्रम प्रस्तोता आदित्य नारायणको घरमा विवाहको तयारी सुरु भइसकेको छ । नायिका श्वेतासँगको विवाहको घोषणापछि अब उनको रोका सेरेमनीको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा दुबैको परिवारलाई देख्न सकिन्छ । फोटोमा आदित्य खैरो रङको शर्ट र डेनिम लगाएको देखिएका छन् । यस्तै श्वेता गुलाबी रङको कुर्तामा निकै राम्री देखिएकी छिन् । दुबैको हातमा सगुन छ । आदित्यले केही समय अघि मात्रै आफ्नी प्रेमिका श्वेता अग्रवालसँग आफू सम्बन्धमा भएको पुष्टि गरेका थिए । यसबारे पुष्टि गर्ने बित्तिकै उनीहरुले विवाहको पनि घोषणा गरेका थिए । विवाहको तयारीका लागि आदित्यले सोसल मिडियाबाट ब्रेक लिएको पनि बताएका छन् । आदित्यले श्वेतासँग फोटो साझा गर्दै लेखेका थिए, ‘हामी विवाह गर्दैछौं । म संसारको सबैभन्दा भाग्यमानी केटा हुँ कि मैले श्वेता पाएँ, मेरी सोलमेट । ११ वर्ष अघि सुरु भएको हाम्रो सम्बन्ध र अन्ततः डिसेम्बरमा हामी विवाह गर्दैछौं । हामी दुबै निकै प्राइभेट किमिसका मानिस हौं । एक व्यक्तिको प्राइभेट लाइफलाई प्राइभेट नै राख्नुपर्छ भन्ने मान्यता राख्छौं । विवाहको तयारीका लागि सोसल मिडियाबाट ब्रेक लिइरहेको छु । डिसेम्बरमा भेटौं ।’


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल