Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मुम्बई । भारतीय अभिनेता प्रवासको फिल्म आदिपुरुषको ट्रेलरले सर्वाधिक चर्चा पाएको छ । यो फिल्मको हिन्दी भर्सनको ट्रेलरले अर्को फिल्म आरआरआर हिन्दीको रेकर्डलाई तोडेको छ ।
अहिलेसम्म आदिपुरुषको ट्रेलर सबै भाषामा ५७।२ मिलियनपटक हेरिएको छ । फ्यानले पृष्ठभूमि संगीत, शरद् केलकरको आवाज, भगवान रामका रूपमा प्रभास, संगीत र अन्तमा सैफ अलिखानको आवाज मन पराएका छन् ।
आदिपुरुषको ट्रेलर मंगलबार मुम्बईमा कलाकारको उपस्थितिमा सार्वजनिक गरिएको हो । यो फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा प्रभास, कृति सेनन, सन्नी सिंह र निर्देशक ओम राउतलगायतको उपस्थिति थियो । सैफ अलिखान भने उपस्थित थिएनन् ।
हिन्दू महाकाव्य रामायणमा आधारित पौराणिक फिल्मको ट्रेलर हलमा पनि रिलिज भएको थियो । हल रिलिजमा पनि दर्शक र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । कार्यक्रममा अबु जानी र सन्दीप खोसलाले बनाएको सेतो र सुनको साडीमा कृति निकै सुन्दर देखिएकी थिइन् । आफ्नो फिल्मको ट्रेलरले चर्चा कमाउँदा यी अभिनेत्री अहिले खुसी छिन् ।
यस्तै, सिनेमाको ट्रेलरलाई अत्याधिक रुचाइकोमा अभिनेता आभाष खुसी छन् । यो फिल्म अहिले रामायणको कथाका कारण विवादमा छ । सिनेमाले यही विवादको कारण पनि उच्च चर्चा पाएका बेला यसको ट्रेलर आएको हो । ट्रेलुरमा भने आत्याधिक दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । आदिपुरुष १६ जुनमा सिनेमा आउने तयारीमा छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल