Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आन्तरिक र बाह्य उडान थप गरिँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण–२०२० लाई लक्षित गरी आन्तरिक र बाह्य उडान थप गर्न थालिएको बताएका छन् । नेपाल भ्रमण वर्ष–२०२० मूल समारोह समितिको पाँचौँ बैठकलाई सम्बोधन गर्दै उनले भ्रमणमा पर्यटक सहजतका लागि अन्तरर्राष्ट्रिय र अन्तरप्रदेश उडान थप गर्न थालिएको बताए । उनले अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्ससँग कुरासमेत भइरहेको जानकारी गराए । उनले पर्यटन व्यवसायीका मागलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धित नीतिलाई सहयोगी बनाइनेसमेत बताए । मन्त्री भट्टराईले पर्यटन प्रवर्द्धनको लागि भौतिक पूर्वाधार आवश्यक रहेकाले सम्बन्धित मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउन भौतिक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिदैं भ्रमण वर्षकै अवसरमा नयाँ हिमाल खुलाउने पहलसमेत भएको जानकारी दिए । उनले वैदेशिक रोजगार र अध्ययनका लागि जाने विद्यार्थीलाई भ्रमण वर्षको प्रचारप्रसारका लागि भ्रमण वर्षको लोगो अङ्कित टिसर्ट र टोपी दिएर पठाइनेसमेत बताए ।
वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जानेलाई र शैक्षिक परामर्श संघले विद्यार्थीलाई टिसर्ट र टोपी दिएर पठाउनुपर्नेछ ।


सम्बन्धित समाचार