Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सुस्ताएको पूर्व पञ्चहरुको आन्दोलनलाई फेरि सास दिएर ब्यूताउने प्रयास थालिएको छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने भएको छ । समितिका संयोजक नवराज सुवेदीले आन्दोलन कार्यक्रम तय गर्न आज बैठक डाकेका छन् । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकपछि केही समय सेलाएको राजावादी आन्दोलन फेरि जाग्ने दाबी गरिएको छ । यसअघि नवराजको अनुपस्थितिमा समितिको कार्यवाहक संयोजकको जिम्मेवारी सम्हालेका डा। जगमान गुरुङ पनि बैठकमा बस्नेछन् । सदस्य सचिव डा रवीन्द्र मिश्र भने हिरासतमै रहेकाले उनको उपस्थिति रहने छैन । गत चैत १५ मा भएको तीनकुनेको आन्दोलनपछि सरकारले संयुक्त जनआन्दोलन समितिका संयोजक सुबेदीलाई अघोषित नजरबन्दमा राखेको थियो भने मिश्रलाई पक्राउ गरिएको थियो । सुबेदी गत साताबाट नजरबन्द मुक्त भएर फेरि समितिको जिम्मेवारीमा फर्किएका हुन् । मिश्रको भने हिजो छैटौंपटक म्याद थप गरिएको छ । मिश्रसँगै पक्राउ परेका जनआन्दोलन परिचालन समितिका संयोजक डा। धवलशम्शेर राणा भने हाजिरी जमानीमा छुटिसकेका छन् । आज बस्ने बैठकले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको नयाँ कार्यक्रम तय गर्ने समितिका प्रवक्ता स्वागत नेपालले बताए । अब आन्दोलनमा उत्रिन ढिलाइ हुँदैन । सत्ता पक्षलाई निर्णायक धक्का दिने गरी आजै नयाँ आन्दोलनको घोषणा गर्नेछौं, उनले भने ।
२०८२ बैशाख २४
ताजा नेपाल
२०८२ बैशाख २४
ताजा नेपाल
२०८२ बैशाख २४
ताजा नेपाल