Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आन्दोलन घोषणा गरेको केही घण्टामै दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

उनीलाई भक्तपुरको निकोसेरास्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

प्रसाईंले शुक्रबार दिउँसो पत्रकार सम्मेलनमार्फत हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेका थिए। पत्रकार सम्मेलन सकिएलगत्तै प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले सार्वजनिक शान्ति भंग हुने तथा भड्काउ अभिव्यक्ति दिएको आरोपमा प्रसाईंमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। उनीलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

यसअघि पनि प्रसाईं विभिन्न अभिव्यक्ति र गतिविधिका कारण पटक–पटक पक्राउ परेर रिहा हुँदै आएका छन्। प्रहरीले पछिल्लो समय उनका सार्वजनिक गतिविधिमाथि निगरानी बढाएको थियो।