Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आन्दोलित डाक्टर र सरकारका प्रतिनिधिबीच वार्ता सुरु

काठमाडौँ । सधैं डाक्टरको लापरबाहीले मात्रै बिरामी मर्दैनन् । डाक्टरले प्रयास गर्दा गर्दै पनि बिरामी मर्छन् भने कहिले काहीं डाक्टरको सामान्य लापरबाहीले मानिसको ज्यान जाने गर्छ । नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता समितिबीच बैठक सुरु भएको छ । मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न आइतबार नै मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा। विकास देवकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । स्वास्थ्य मन्त्रालयमा भइरहेको वार्तामा नेपाल चिकित्सक संघका तर्फबाट वार्तामा अध्यक्ष डा। अनिलविक्रम कार्की, उपाध्यक्ष डा। बद्री रिजाल, महासचिव डा. सन्जिव तिवारी, सहसचिव डा। लेसियन महर्जन र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको स्रोतले जानकारी दिएको छ । यस्तै सरकारको तर्फबाट डा. विकास देवकोटाको संयोजकत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवको टोली सहभागी छ । हेटौँडास्थित सन्चो अस्पतालमा दुई जना डाक्टरहरू कुटिएको विषयमा प्रशासनले देखाएको रवैयाको विरोध गर्दै संघले आन्दोलनका कार्यक्रम अगाडि सारेको थियो । यसै क्रममा आइतबार देशभरका आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारिएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा यस विवादको समाधान वार्ताबाट गर्न मन्त्रालय तत्पर रहेको बताइएको छ । चिकित्सक संघले विभिन्न ६ बुँदे माग अगाडि सार्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।