Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफन्त र नेता नव कुवेर बन्दै

काठमाडौं । माओवादीले देखाई दिएको बाटो काँग्रेस र एमालेले लिएका छैनन् । व्यवस्था नयाँ कानुन पुरानै हुँदा गणतन्त्रको मर्म र भावनामाथि प्रहार भएको छ । राजा फालेर काँग्रेसले डा. रामवरण यादव जस्तो धुर्त चरित्रलाई राष्ट्रपति बनायो । एमलोकी विद्या भण्डारीले राष्ट्रपति पदमा ७ वर्ष बिताइन् । राज्यको श्रोतबाट मासिक तलब, घर भाडा लिएर नपुगी चुलो बलेन भन्दै हजम गर्नेहरूलाई जनताको सम्मान छैन । यो लुटमा रामचन्द्र पौडेल सहभागी भइसकेका छन् । यस्तो दुर्गन्धमा माओवादी फस्न नहुने कार्यकर्ता बताउँदै छन् । धन कमाउन सुन तस्करी गर्ने नयाँ जनवाद लागू भएपछि माओवादी अध्यक्षले कुर्सीको लोभ किन गर्ने ? माधवलाई जनताको सरोकारको चिन्ता छैन । एमालेकै बहुदलीय जनवादी लाइन लिएको माधव पथले लुट्ने सिद्धान्तबाट कस्तो समाजवादी बाटो लिने हो । कार्यकर्ता एमालेतर्फ फर्केका छन् । नेताहरू झलनाथ खनाल, घनश्याम भुसालसम्म वाम एकताको पक्षमा छन् । तर माधव नेपाल राजेन्द्र पाण्डेहरू काँग्रेसी गायत्री मन्त्रको चपेटामा छन् । मेटमणि चौधरीहरूको फूर्ति फरक छ ।

अब प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीकै पद लागि मरिहत्ते गर्नु छैन । पार्टीको ताल खस्केको छ । देशमा महंगी, भ्रष्टाचारले नेटो काटोको छ । कम्युनिष्ट र काँग्रेसमा सैद्धान्तिक भिन्तता छैन । खाने मामिलामा काँग्रेस, एमाले, माओवादीका चरित्र एकै प्रकारका थिए । रास्वपाले छुट्टै कमाल ग¥यो । ८ लाख सहकारी सदस्यको बचत खाने रविको टोली बोकेर बदनामी सहनु भन्दा सरकार छडोर शेरबहादुर देउवा, केपी ओली र माधव नेपालको लागि बाटो सहज गर्न प्रधानमन्त्रीलाई पार्टीका नव धनाढ्यहरूले कुर्सी नत्यागे हुँदा हो भन्दै गर्दा जिल्लाका कार्यकर्ताले सत्ता त्याग्न दबाव दिएका छन् । माओवादीबाट देशका लागि गर्न बाँकी केही छैन । जल्दा बल्दा नेताले शासन गरे कमाए, दोस्रो, तेस्रो तहलाई राजनीतिक नियुक्त, पुरस्कार, सम्मान दिएकै छन् । प्रधानमन्त्री ३ चरणमा भएपछि राज्यका कुना कन्दरा सबै पत्तो पाएकै छन् । राजश्व मारेर माफिया पोस्ने काम जनार्दनले पनि गरे । वर्षमानले यस पटक गर्ने छन् । आफन्त मन्त्री सांसद राष्ट्रिय सभाका अध्यक्ष, सल्लाहकार जो जहाँ सेट भएका छन् । तीनले जनयुद्ध र १७ हजार सहिद, हजारौं बेपत्ता परिवारको हितमा उथलपुथल गर्दा नेताले सुन तस्करी गरेर भए पनि आफ्नो निर्वाह पूरा गरेकै छन् । कार्यकर्ताले दुःख पाएकोमा चिन्ता कसैलाई हुन्छ । यस्तो बेला प्रचण्डलाई सत्ता कुर्सीबाट खेद्न केपी ओली, माधव नेपालले काँग्रेसको सहारा लिनु नौलो होइन । भेडा, भेडातिर बाख्रा बाख्रातिर भने जस्तै एमालेको ओली पथ र राणा द्रोणशमेर जबराका पुजारी माधव नेपालबाट संघीय शासनको मर्ममा प्रहार भएकै छ । गणतन्त्र भनेकै नयाँ राजाको लुट भन्ने प्रमाण जुटेको छ ।

एमालेको आफ्नै दाउ
जननेता मदन भण्डारीको नाममा हुने नेकपा एमालेको खेती बन्द भएको छ । कम्युनिष्ट पार्टीको हिरक महोत्सवमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्व. मदन भण्डारीको हतयारा पत्ता लगाउन नेकपा एमाले किन सकेन ? उहाँ नेपाली काँग्रेसको पनि नेता हो भन्दा स्व. भण्डारीकै नाममा राजनीतिमा स्थापित भएकी पूर्व राष्ट्रपति विद्या भण्डारी खस्रक्क भइन् । एमाले, काँग्रेस, सरकारमा छँदा यी विद्या रक्षा मन्त्री थिइन् । पार्टीमा गुटको प्रतिनिधित्व गर्दा विद्यालाई केपी गुटको मानिन्थ्यो । दाशढुंगा प्रकरणका साक्षी भण्डारीका ड्राइभर अमर लामा, काँग्रेसमा प्रवेश गरी लोकतान्त्रिक कलाकार सघको अध्यक्ष भएका थिए । ०५६ सालको संसदीय चुनावमा लामालाई काँग्रेसले एमाले विरुद्ध प्रयोग गरेको थियो । स्व. भण्डारीको हत्यारा पत्ता लगाउन नेकपा एमालेले ०५१ को मध्यावधि चुनावमा एजेन्डा बनायो । त्यो एजेन्डाले एमाले संसदको ठूलो दल भयो । ६९ सीट जितेर संसदको ठूलो दलको नाताले एमालेले अल्पमतको सरकार बनाउँदा विद्या भण्डारी समाज कल्याण मन्त्री थिइन् । स्व. भण्डारी एमालेको भोट बैङ्क भए । एमालेले त्यो हत्या कि भवितव्य बताउन सकेको छैन । राजनीतिमा एमालेको नेतृत्व सत्ता स्वार्थका लागि सफल भए पनि सहयात्री दलहरूलाई अपमान गर्ने काममा सक्रिय छन् । अहिले एमालेले गरेको ७५औं स्थापना कार्यक्रममा माधव नेपाललाई बोलाउँदैमा अपमान भयो । समान हैसियका नेता झलनाथ खनाल कार्यक्रममा देखिए । पूर्व प्रमको नाताले डा. बाबुराम पनि पुगे, खिलराज रेग्मी पुग्ने नै भए । अध्यक्ष केपी ओलीबाट अपमानित हुँदा माधव नेपालले जोड तोड गर्नु स्वाभाविक हो । साना वाम दलभित्रका सिपी मैनाली, मोहन विक्रम सिंह, नारायणमान बिजुक्छेसम्मले ओली ब्राण्डको एमालेको निम्तोलाई चासो दिएनन् । एमालेसँग ६०÷४० भाग वण्डामा गठबन्धन हुँदा एमालेबाटै राप्रपाका राजेन्द्र लिङदेन, चुरे भावरका बद्री न्यौपानेसम्म सांसद भएका हुन् ।
वापमन्थी शक्तिका रुपमा एमाले आफैं मात्र ठूलो आफैंले मात्र सबैतिर भ्याउने भन्छ । एमालेका लागि माओवादी जरुरी छ । माओवादीले आफूसँग भाँडिएकाहरूलाई समेट्दा कतिपय जिल्लामा छाड्नु पर्ने हुन्छ । प्रधानमन्त्री प्रचण्डले ओलीले जे भन्छन् त्यही गर्ने सत्ता गठबन्धनको साझा अवधारणा अनुसार बजेट निर्माणमा चासो दिइएन भने यो सरकार असारमा ढल्छ भन्ने राजेन्द्र पाण्डेले एकीकृत समाजवादी कसैको कृपा र दानमा नचल्ने बताएका छन् । हेपाहा शैली नत्यागे समाजवादी मोर्चालाई अब बाटो खुल्नेछ ।