Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
देशका शासकहरुलाई निशुल्क कोरोना रोगको परिक्षण गरिए पनि नेपली जनतालाई भने सरकारले रु १५ हजार शुल्क लिएर निजी अस्पताल र क्लिनिकहरुमा कोरोना परिक्षण गर्न दिने निणर्यले जग हँसाएको छ । हिजो सरकारलाई अप्यारो पर्दा विरामी जाँच्न डराउने निजी अस्पताल र किल्नीकहरु लाई यो सुविधा किन दिइयो ।यदि सरकार जनपक्षिय थियो भने जिल्ला अस्पताल र स्वास्थ चौकीहरुमा आवश्यक सामाग्री उपलब्ध गराउदै जनताको स्वास्थ परिक्षण गर्न स्वास्थ कर्मीहरुलाई निर्देशन दिन सक्दथ्यो । सबैलाई थाहा छ नेपालका निजी अस्पताल र किल्नीकहरु सेवाका लागी हैनन् कमाईका लागी स्थापना भएका हुन ।जहाँ नेपालका ठुला राजनितीक दलहरुको आडमा स्वास्थ्य शिक्षा निती नै फेरबदल गर्न मार्सी चामलको भात खुवाएर सत्ता पक्षको नेताहरुको साथ लिएका हरुको भिड छ । सरकारले इमान्दारीता देखाएको भए यस्तो बेइमानी निणर्य गर्ने आँट देखाउने थिएन । जनतामाथि यति ठूलो बोझ थोपरिँदा जनताको आवाज बोल्नु पर्ने प्रतिपक्षी दल किन चुपचाप छ । कि ठूला बडा सबैको कोरोना परीक्षण सकिएर चुप लागेको हो सभापति शेरबहादुर देउवाज्यू ?
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल