Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफैंले खनेको खाडलमा परे ओली

काठमाडौं । अराजकहरूको झुण्डले सुशासन दिँदैन । यो संस्कृति कथित दुई तिहाईले शुरु गरेको हो । त्यो बखतको दुई तिहाई राज्यका शक्तिको श्रोत आफू कुम्ल्याएर जनतालाई गरिबी र अभावमा ग्रस्त पार्दै विचौलिया पदमा केन्द्रीत थियो । प्रधानमन्त्री थिए सबै विषयका विज्ञ केपी ओली जसले वाम पक्षधर सहयात्रीहरूलाई खेदेर देशमा भ्रष्टाचार र कुुशासनको मार्गचित्रमा घुमाएका थिए । उनकै कारण व्यापारीले कर छले, विद्युत प्रयोग गरेर महसुल बुझाएका थिएनन् । महशुल बुझाउन ताकेता गरे बापत कुलमान खेदिए । माफिया शिरोमणि दिपक भट्टमाथि लागेको सम्पत्ति सुद्धिकरणको छानविन रोक्न प्रम कार्यालयमै बोलाएर डिजीलाई थर्काइयो र सरुवा गरियो । नेपालको इतिहासले लेख्ने कालो अक्षरमा केपी शासन, कम्युनिष्टको बदनामी, देश लुटेरा र भ्रष्टाचार काण्डका सहयात्री भनेर किटान गरेकै छ । ओली शासन माफियाका लागि सुशासन थियो । तिनले लगेका काम हुन्थे । भ्रष्टाचारीको संरक्षण पार्टीमा यौन दूराचारी र अपराधीको हित बढी थियो । त्यो बेला ओलीका अपराधलाई साक्षी बसेर सघाउने अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा थिए । पार्टीमा महासचिव भए पुग्थ्यो । अपराध धुरीबाट कराउँछ । आज ओलीका हकमा त्यस्ता अपराध पार्टीभित्रबाट कराईरहेको छ । पार्टीको जब ओलीले नेतृत्व लिए त्यसपछिका पार्टी कार्यक्रम स्थानीय सरकारमा गएका एमालेको कुरुप अनुहारहरूले चलाएको हैकम हेरे पुग्छ । सरकारले जनताको सेवा गर्दैन, उद्योगी, व्यवसायीले नाफाको १३ प्रतिशत कर तिर्ने नीति कार्यान्वयन गर्दैन भने त्यसको नाइके बढी जिम्मेवार बन्नुपर्छ । चरित्रमा बालेन्द्र शाह जस्ता छन् उस्तै केपी ओली हुन् । यी दुवैमा आफू त्यो ठाउँमा कसरी पुगियो भन्ने हेक्का छैन । कम्युनिष्ट गठबन्धन हुँदैनथ्यो भने केपी ओली दुई तिहाईको दम्बका नायक बन्दैनथे । रास्वपा हुँदैनथ्यो, रवि लामिछाने सहकारी ठगीको नाउमा, गगन, डा. आरजु र केपीको पूर्वाग्रही पजनीको शिकार बन्दैनथे भने जनताले रविको विश्वासमा दुई तिहाई दिँदैनथे । तर आज त्यो दुई तिहाईको बदनाम गरियो । जसरी हिजो गरिएको थियो । अप्ठेरा कानुन फेर्न जनताका हक अधिकार दिलाउन विकास समृद्धिको बाटो कोर्न भ्रष्टाचारी र माफियाका योजना तोड्न दुई तिहाईले पुरा गर्नु पर्ने काम धेरै छन् ।
देशको हित गर्दा विचार र राजनीति त्याग र समर्पणलाई एकै ठाउँमा राखेर अगाडि बढ्न सक्नुपर्छ । केपी ओलीका कारण जसरी वापमन्थीहरू भाँडिए आज एमालेमा उनैको विकल्प खोजिँदैछ । तर बालेन्द्रका कारण रास्वपामा आन्तरिक आक्रोश र विवाद चर्काउन मधेशकै सांसद डा. अमरेशकुमार सिंह विद्रोही बन्दैछन् । यो सरकारले पनि ओलीको कृपामा विद्युत महसुल नतिर्ने जगदम्बा समूह, घोराही सिमेन्ट, हुलास स्टिल जस्ता ३४ उद्योगसँग महशुल उठाउन र डुबेको राजश्व उठाउने यो सरकारले सकेन । जबकि अर्थमन्त्री आफैं विद्युतीय गाडी बिक्रेताका सहपाठी भएबापत दिनलाई रात बनाउँदैछन् । अरु व्यवस्थामा यस्तो हुँदैन । तर लोकतन्त्र, गणतन्त्रको दुवाई दिँदै आएको ओलीको दुई तिहाई र बालेन्द्र शाहको दुई तिहाईले जे गरे नि हुन्छ । यो सरकारले ओली च्यानलबाट बनेका लुटेराहरू थान्को लगाउन सकेको छैन । प्रधानमन्त्री बालेन्द्रले खाने भात र ओलीले सेवन गर्ने भुजा एउटै चामलबाट बनेको नहुन सक्छ । तर व्यवहार एउटै कुवाको पानी, एउटै खेतको धानको चामल प्रयोग गरे जस्तो छ । ओली जनताका नेता होइनन्, बालेन्द्र जनताको आवाज सुन्न सक्दैनन् । बालेन्द्रको राष्ट्रवाद भारतले सुस्तामा चर्काइदियो । त्यहाँ देशभक्त जनता थिए । ओलीले यस्ता हावादारी कुरा गर्थे तर नेपालले पनि भारतीय भूमि मिचेको छ भन्ने आँट गरेनन् । जुन आँट बालेन्द्रले गरे । त्यसले मधेश भारतमा मिसाउन नयाँ लेन्डूपहरूको उदय गराइँदैछ, त्यो बखत बालेन्द्र शाह रास्वपामा रहने छैनन् ।