Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफैं अघि बढ्ने तयारीमा देउवा

काठमाडौं। काँग्रेसभित्र प्रधानमन्त्रीको दाबी गर्ने दर्जन हाराहारी पुगेका छन् । तर प्रधानमन्त्री बन्नका लागि पहिले संसदीय दलको नेता चुनिनु पर्छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफूनिकटका नेताहरुसँगको छलफलमा उनले आज दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसमा दलको नेतामा युवालाई अघि सार्नुपर्ने बहस भैरहेको बेलामा सभापति देउवाले उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले पार्टीभित्र पूर्व महामन्त्री डा. शशांक कोइरालाको साथ पाइसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि साथ पाउने उनको विश्वास छ । त्यस्तै, प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि साथ दिने देउवाले विश्वास लिएका छन् । आजमात्रै देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले डा. मिनेन्द्र रिजालसँग भेटवार्ता गरेका छन् । पछिललो समय रिजालले पनि देउवालाई नै दलको नेता बनाउनुपर्ने मत राखेका छन् । शेखर कोइराला समूहले दलको नेतामा कसलाई अघि सार्छ भन्ने अहिलेसम्म तय भएको छैन् । तर, उक्त समूहबाट महामन्त्री गगनकुमार थापाले दलको नेताको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अहिले सो समूहको छलफल चलिरहेको छ । शेखरले भने गगनलाई पनि खुलेर समर्थन गरेका छैनन् । बरु, प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले भने थापालाई दलको नेता बनाउनुपर्ने आवाज उठाएका छन् । उनले गगनलाई प्रधानमन्त्री बनाउन आफूले प्रस्ताव गर्ने पनि बताईसकेका छन् ।