Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टी ठूलो तर नेताहरूले स्वार्थको दलाली गर्न थालेपछि नेकपा एमाले र नेकपाको आन्तरिक संरचना कमजोर भएको हो । पार्टी सत्तामा जाँदा नेता नै विचौलिया र दलाल प्रेमी बन्न पुग्दा कम्युनिष्ट पार्टीभित्रको आक्रोश चर्केको हो । भुरे टाकुरे जोडेर बनेको नेकपामा पूर्व माओवादीको संगठन संरचनाले चुनावमा जुन परिणाम ल्यायो माधव नेपालको नेकपा एसको गनिमत शक्ति आएन । नेता त वामदेवदेखि झलनाथसम्म राजेन्द्र पाण्डे, विरोध खतिवडा, जगन्नाथ खतिवडासम्म त्यहाँ थिए तर तिनलाई आफ्नै जिल्लाले पत्याएन । एमालेमा शक्तिको साहराकै भरमा पदमा पुग्ने र ल्यापटप लिएर संगठन सुदृढीकरणको प्रगति विवरणमा नक्कली मत परिणाम देखाएर पार्टी सत्तालाई प्रभावमा पार्न सफल अध्यक्ष ओलीका मुन्सी विष्णु रिमाल पनि रातारात सुरेन्द्र पाण्डको विश्वास जित्न अग्रसर छन् । सुरेन्द्रको टोलीले अोलीको घमण्डले पार्टी समाप्त हुने भो भन्दा ११औं अधिवशेनमा ओली बिनाको एमाले हुनै सक्दैन भन्ने शंकर पोखरेलले समेत अब ओलीबाट पार लाग्दैन भनेका छन् । यस्तै कारण माओवादीबाट आएका रामबहादुर थापालाई संसदीय दलको नेता बनाइएको हो । ओली पञ्च गुठीमा शंकर पोखरेल, विष्णु रिमाल, महेश बस्नेत, पद्मा अर्याल, डा. राजन भट्टराइको सक्रियता थियो । ११औं महाधिवेशनमा ओलीको विकल्प नदेख्ने, जेनजी आन्दोनलको हत्या, दमन र विध्वंशलाई कमजोरी नठान्ने ओली सधैं ठालु नै बन्छन् उनको गुठी र पार्टी सत्तामा सवल हुन्छ भन्ने मध्येकै विष्णु रिमाललाई ओलीबाट टाढिँदै पाण्डेतिर लाग्न बाध्य बनाइएको प्रमुख कारण नै उनले ओलीलाई दिएको ल्यापटपको धोका र आइटी वित्रबाट अस्गर अलीबाट सहयोग दिलाउन चासो नदिनु हो । ओलीले आफू शासक बन्दा स्थान दिएका डा. युवराज खतिवडाले समेत आज गुण्डूको नाम लिन छाडेका छन् । अलीले ओलीकै शक्तिले ईसेवा चलाएका हुन् । जसलाई आफ्नो ठान्यो त्यस्तैले संकटमा साथ नदिँदा ओलीको फितलो राजनीति र कमजोर मूल्यांकनले आफू बाहेक अरुलाई पद सुम्पन नचाहने दुष्ट शैली हो भन्ने प्रमाणित गर्दैछ । धोका आफ्नैबाट खाँदैछन् ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल