Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी दिएका छन् ।
भौतिक रुपमा बस्न समस्या भएकाले भर्चुअल गर्ने कि के गर्ने भन्नेमा छलफल हुँदैछ । अपरान्ह २–३ बजे तिरको समय मिलाउने कुरा भएको छ ज्ञवालीले बताएका छन् । सो समूहका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका थिएनन् । त्यसपछि सोमबार राति नेता नेपालले विगतका काम कारबाहीका कारण ओलीलाई कुनै पनि हिसावले विश्वासको मत दिन उपयुक्त नदेखिएकाले मत नदिएको प्रस्टीकरण दिएका थिए । राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको उनको भनाइ छ । तर प्रधानमन्त्री ओलीले उनीहरुको मत नपाए पनि ठूलो पार्टीको हैसियतले पून प्रधानमन्त्रीको दाबी गरिरहेका छन् । ओलीलाई हटाउन १३४ सांसदहरुको जरुरी पर्दछ ।
नेपाल पक्षले बजाएको राजीनामाको दम्फू पनि यति खेर काम नलाग्ने भएको छ । अब ओली सरकारको बैरगमनको निम्ति काँग्रेस, माओवादी र जसपाको गठबन्धन जरुरी छ । तर जसपा भित्र प्रधानमन्त्री बन्नका निम्ति पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्राई तयार भए पनि अध्यक्ष महन्त ठाकुरको महत्वपूर्ण हुन्छ । नैतिक दृष्टिले पनि शेर बहादुर देउवा प्रति असहमत ठाकुर बाबुराम प्रति लचक भए भने माधव नेपालहरुको अहंकार धुलीचट हुनेछ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल