Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कपिवस्तु । कपिलवस्तु प्रहरीले एक वर्ष अघि आमाको हत्या गरेर फरार भएका छोरालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७६ साल कार्तिक १६ गते बिहान कपिलवस्तु नगरपालिका ८ दोहनीका २८ वर्षीय सुरेन्द्र कुर्मीले आफ्नी ५५ वर्षीय आमा फुलमतीलाई घरायसी विवादका क्रममा हत्या गरेका थिए । आमाको हत्या विरुद्ध सोही दिन दिउँसो उनका अर्का छोरा हेमराज कुर्मीले प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले हालसम्म फरार कुर्मीलाई आइतबार जिल्लाको बुद्धभूमि नगरपालिका ५ चौरी भन्ने स्थानबाट पक्राउ गरि अदालतमा पेश गरिएको र ५ दिन म्याद थप गरि अनुसन्धान थालिएको जानकारी दिएको छ ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल