Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जब चुनाव आउँछ तब गाउँ घुम्ने मेलो शुरु हुने राजनीतिक स्टन्टबाजहरूलाई अहिले भ्याई नभ्याई छ । ठूला र लोकप्रिय नेताको क्षेत्र संसदीय चुनावमा धेरैको चासोमा पर्छ । यस पटक रुकुम पूर्व चर्चामा छैन । किनकि त्यहाँ माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार छन् । उनलाई हराउन प्रचण्डसँग रिसाएर डा. बाबुरामसँग मिलेका जनार्दन शर्मा रुकुम पूर्वमा उम्मेदवार छन् । उनैले प्रचण्डसँग निरज पुन भिडाउँदा प्रचण्डले जनार्दनसँग गोपाल शर्मालाई प्रतिस्पर्धी बनाएका छन् । पार्टीबाट शर्मा हिँडे तर रुकुम, रोल्पाको माओवादीमा पहिरो गएन । शर्माले एमालेसँग साँठगाँठ गर्नु कर्णालीमा नेत्रविक्रम एमालेसँग मिल्नु केबल प्रचण्डको संगठन भन्काइन्छ भन्ने कल्पना मात्रै हो । आफैं अप्ठ्यारोमा परेका एमाले अध्यक्षले गठबन्धनको नाउमा आफूसँग जो जान्छ तीनलाई हुन्न भनेका छैनन् । किनकि ओली आफैं झापामा के हो के हो अवस्था छन् । त्यसको कारण उनी आफैं हुन् ।
ओलीसँग रास्वपाका बालेन शाह, नेकपाका रञ्जित तामाङ छुट्टाछुट्टै भिडेका छन् । त्यहाँ काँग्रेस पनि छ, राप्रपा पनि छ । काँग्रेसले मन्थरा चिमोरिया र राप्रपाले लक्ष्मी संग्रौलालाई उठाएको छ । झापा आफैंमा एमालेको गढ मानिए पनि काँग्रेस र माओवादीले पनि राम्रै प्रतिस्पर्धा गरेको जिल्ला हो । केपी ओली विगतमा महाराज बन्थे जनताका बीचमा आफ्ना चेला खटाउँथे । आफू आदेश मात्रै दिन्थे । तर आज आफैं जानु परेको छ । किनकि सुकुम्बासी समस्या, हुलाकी राजमार्गमा परेका जग्गा रोक्का, भ्युटावर जस्ता संकट उनी ४ पटक प्रम हुँदा पनि हटेन । यसै पटक कार्यकर्ताले सुकुम्बासी वस्तीबाट गरेको कमाई पनि ओलीले थाहा पाए । जनताले तीन पटक प्रम हुँदा हाम्रा समस्या देखेनौ भनिसके । जुन कार्यकर्ताले लालपूर्जा दिलाउने भन्दै पैसा उठाएर खाएका थिए । आफू सिंहदरबारमा षड्यन्त्र गर्दै राज्य लुटेका ओलीलाई झापामा आफ्नै निर्वाचन क्षेत्रका गरिबमाथि एमालेको नाउमा लुटेराहरूले गरेको शोषण थाहा पाउन जरुरी थियो । उनको उपस्थिति अन्यत्र खोजिएकै छैन । बोल्न मुख थुन्न नमिल्ने, बोल्न थाल्दा जे पनि बोल्ने ओलीले आफ्नै उम्मेदवारहरूलाई बदनाम गरेकाकारण प्रदेशमा रुचाइएन । अध्यक्षलाई आफ्नो प्रदेशमा लैजान पाए हुन्थ्यो भन्ने मत आज पार्टीमा छैन । किनकि चुनाव प्रचार कमाण्डर नै केन्द्रमा ओलीले उप महासचिव र केन्द्रीय सदस्य पदमा पराजित विष्णु रिमाललाई राखेर पुराना र जनताका बीचमा देखाउन मिल्ने नेताहरूलाई वास्ता गरेनन् । गण्डकीले त खर्चिलो चुनाव नलड्ने घोषणा गरेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बृन्दा पाण्डे, अमृत बोहोरा, केशव बडाल हुने छाँट देखयो । यो टोली पार्टीका लागि डुल्न सक्थ्यो । तर ओलीले हिजोका आफ्नै भक्त कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, विद्यासुन्दर शाक्यहरूलाई भन्दा डा. मनोज क्रान्ति शाक्य ठिक ठानेका छन् । महेश बस्नेत, शरेधन राई, ऐनबहादुर महराको पौरखी व्यवहारबाट प्रताडित महिला कार्यकर्ताको पीडामा ओली वेखवर बन्नुले एमालेप्रति महिला कार्यकर्ताको दृष्टिकोण छर्लङ्ग हुन्छ ।
गल्ती नस्वीकार्ने ओली हठले यस पटक राम्रै सजाय पाउँदैछ । ओलीकै योजनामा उपसभामुख इन्दिरा राना पदमा रहँदा बदनाम गर्ने प्रयासले प्रताडित भइन् । म्यागासासे पुरस्कारबाट सम्मानित राना झापा २ मा महाकाली सन्धिको राष्ट्रघातमा इँटा थप्ने देवराज घिमिरेसँग प्रतिस्पर्धामा छन् । सांसदको सभामुख पद निष्पक्ष बनाउन नसकेका घिमिरे सरकारलाई सदनमा जिम्मेवार बनाउन नसकेका नालायक पात्र हुन् । घिमिरेलाई पनि समस्या छ । संगठन त रास्वपाको झापामा मात्र होइन कतै पनि काँग्रेस र कम्युनिष्टको जस्तो छैन । तर लहर उसको जसरी ०६४मा माओवादीको थियो । अमेरिकी फेडरल सिस्टमबाट उम्मेदवार छान्ने भन्दै उम्मेदवारहरूबाट प्रतिव्यक्ति रु ५० हजार अशुलेको रास्वपामा बालेन शाहको प्रवेशले कुलमानलाई देखायो । प्रधानमन्त्री दाबा गर्ने बालेनको जनतासँग भिड्ने क्षमता थिएन । तर जेनजी आन्दोलनले काँग्रेस र एमालेको नालायकी सत्ता उदांगो भयो । बालेन, कुलमान र हर्कहरू एकाएक उम्रेका हुन् । रवि, लामिछाने ०७९ मा काँग्रेस र एमालेसँग रिसाएका एनजीओवादी समातेर अघि बढेका थिए । सत्ता प्रधान बनाउँदा उनी चिप्लिएका थिए । उनी ओली, गगन, डा. आरजुको कोपभाजनमा परेका हुन् । रविमाथिको अत्याचार सहकारी प्रकरण हुँदै सम्पत्ति शुद्धिकरणसम्म जोडेर जसरी दुःख दिइयो त्यो नै रास्वपाप्रतिको चुनावी माहोल बढाउने बलियो जग भयो । बालेनका विरुद्ध एमालेले लगाउने आलोप भनेको काठमाडौ महानगरको भद्रगोल हो । ओलीले बेवास्ता गर्दा फोहोरको दीर्घकालिन सामधान भएन तर सडक, ढलको व्यवस्था हुँदै थियो । पानी, बिजुलीमा ध्यान थिएन । जेनजी आन्दोलनले एकाएक रास्वपाबाट बालेन शाहलाई प्रधानमत्रीको उम्मेदवार त बनायो तर एमालेको गढ केपी ओलीको आधार इलाकामा त्यो पनि क्षेत्र नं. ५ मा उम्मेदवारी दिने उनको चर्चा त्यसै भएको होइन । ओलीको चुनावी चलखेललाई रास्वपाले रोक्न सक्ला ? किन ओलीले निर्वाचनमा प्रजिअ, प्रहरी समेतलाई धम्क्याएर अरुको मत चोर्न लगाउन सक्छन् किनकि त्यसका लागि कर्मचारी तयार हुन्छन् । आफू पुन प्रम भएपछि चुनावमा लगाएको गुन तिर्ने आश्वासन दिन सक्छन् । राष्ट्रिय राजनीतिकै घातक एमालेका अध्यक्षलाई झापावासीले ध्यही थान्को लगाए भने देशको द्वन्द्व ५० प्रतिशत हल हुन्छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल