Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नै कार्यकर्तालाई बालेनले किन धकेले ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह बालेन समर्थकसँग झोक्किएको र उनीहरूलाई धकेलेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । उम्मेदवारी दर्ता गर्ने जाँदा पछि लागेको भिडसँग बालेन रिसाएका थिए । यो घटनालाई लिएर बालेनप्रति विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । आखिर त्यहाँ भएको के थियो त ? मंगलबार बिहान १० बजेदेखि नै झापाको दमकस्थित गोर्खा डिपार्टमेन्ट स्टोर्समा बालेन समर्थक जम्मा हुन थाले । विस्तारै भिड बढ्दै गयो । केहीबेरमा बालेन आए । लामो र्‍याली र ठूलो भिडसहित बालेन उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयतिर लागे । निर्वाचन कार्यालयको एक सय मिटरअघि समर्थकलाई प्रहरीले रोक्यो । निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारी दर्ता गराउन जाँदा २५ जनाभन्दा धेरै व्यक्ति लैजान नपाइने सुनाइयो । त्यसपछि बालेनसहितको टोलीले समर्थकलाई ‘तपाईंहरु यहिँ बस्नुस्, हामी उम्मेदवारी दर्ता गराएर आउँछौ’ भनेर अघि लागे । तर, समर्थकहरू रोकिएनन् । उनीहरू पनि जबरजस्ती निर्वाचन कार्यालयतर्फ अघि बढे । त्यसपछि बालेन जंगिन थाले । यही क्रममा बालेनले उत्तेजित भएर केही समर्थकलाई धकेलेका थिए । उनीसँगै रहेका कलाकार अर्जुन घिमिरे पाँडे लगायतले पनि समर्थकसँग झोक्किएको भिडिओेमा देखिन्छ । केहीबेरको धक्लाधकेलपछि बालेनका समर्थक रोकिए । त्यसपछि मापदण्डअनुसारको संख्यामा व्यक्तिहरू लिएर बालेन आयोग कार्यालयमा छिरे । करिब ४५ मिनेट लगाएर मनोनयन दर्तापछि बालेनको टोली निस्कियो । त्यतिञ्जेल समर्थकको भिड कार्यालय बाहिरै पर्खिरहेको थियो । बालेनको टोली आएर फेरि जुलुसमा सामेल भए । त्यसको केहीबेरमा एमालेका उम्मेदवार केपी ओेली पनि जुलुस लिएर निर्वाचन कार्यालयतिर आए । बालेनका केही समर्थकले ओेलीविरूद्ध उत्तेजक नारा लगाएपछि एक छिन झडपको स्थिति आएको थियो । बालेनका सहयोगी कुमार बेनले २५ जनाभन्दा बढी भित्र जान नपाइने भएकाले नै समर्थकलाई रोक्न खोजिएको बताए । उनले भने, निर्वाचन आचारसंहिता पालन गर्नुपर्छ भनेर बालेनले शुरूमा समर्थकलाई सम्झाउनुभयो । तर नमानेपछि रिसाउनुपरेको हो । त्यहाँ अरू कसैले भनेर भिड रोकिने अवस्था पनि थिएन ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल