Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नै चिन्ताले फस्दै ओली

जो पदका लागि संसद भंग गर्छ पार्टीको विधान परिवर्तन गर्छ, उसैलाई पद खोसिँदाको पीडा थाहा हुन्छ । सबैतिर आफैं नायक बन्न नपाउँदा संविधान विपरितको उदण्ड स्वभाव प्रस्तुत गर्नेलाई जनता भन्दा आफू र आसेपासेको पीडा हुन्छ । एमाले अध्यक्ष केपी ओलीको व्यवहार त्यस्तै छ । नेकपा कालको दम्ब ओलीमा छ । जहाँ ५२ भाइको फैसला गर्न सम्मानित अदालत र न्यायमूर्तिहरू समेत निर्णायक बन्न सकेका छैनन् । दलीय भागवण्डामा न्यायाधीश नियुक्ति हुँदा मानव पीडक तथा हत्यारा मोहम्मद अफताव आलमको गल्ती नदेखिएको हो ।
अर्जुन महर्जन र खुशीराम थारुलाई न्यायाधीश बनाउनेले न्याय क्षेत्र कता गयो ? नियुक्तिकर्ताले अपराध मुक्त बनाउनेलाई स्याबासी दिए भयो पैसा आलमले नै खर्च गरे होलान् । प्रधानमन्त्री ओली यस्ता बेथितिका नायक हुन सक्छन् । जबकि सरकार र पार्टीमा उनको हैकम छ । त्यो हैकम तोड्ने निर्णयका साथ पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउँदा पार्टीमा भुइँचालो जाँदैन भने केपी ओली डराउनु किन प¥यो ? पार्टीमा ओलीकै टीमबाट अहिले अध्यक्ष हुने उनको रहर पूरा गर्न तिनैले नदिने हुनसक्छ जो यतिबेला ओलीको विकल्पका रूपमा विद्यालाई उचाल्दैछन् । प्रधानमन्त्री पदमा रहेर पनि ओलीले राम्रो गरेका छैनन् ।
काँग्रेसका बाँसाहरू राष्ट्रपतिको नाममा राज्य कोष नै सुम्पन तयार छन् । डा. रामवरण यादव जस्तो अनुहारलाई पार्टीमा फर्किने ठाउँ पनि छैन । कोइराला परिवारको छत्रछायाँमा पार्टी नेता बनाइएका डा. यादवको घर छ, त्यहाँ बस्दैनन्, सम्पत्ति छ, खानका लागि राज्यसँग पैसा पुगेन भन्छन् । विकसित देशका प्रमुखले पुराना पेशमा फर्कन हुने नेपालमा लुटाहाहरू जीवनभर राज्यले पाल्नुपर्ने ? भएन सरकार पूर्व विशिष्टको चिन्ता प्रकट गर्छ । जनतामाथि दोहन गर्छ, राज्यबाट सेवा सुविधा दिँदैन । त्यो पनि कम्युनिष्टको शासन सत्तामा देश चलेकै समयमा । यस्तो चरित्र राष्ट्रपति बन्नु हुँदैन । एमालेमा त्यस्तो सम्झौता हुन सक्छ । प्रधानमन्त्रीबाट धोकै धोका छ । शिक्षकहरूले माग पूरा गराउन आन्दोलन गरे सरकारले सम्झौता ग¥यो । राज्य प्रमुखले नै गैर जिम्मेवार बन्दा समस्या चम्कन्छ । निजी स्कुलको पक्षपोषाण गर्नेहरू सरकारमा छन् । नेकपा एमालेलेनै शिक्षा माफिया र मेडिकल माफियाको पक्षमा छ । एमालेकै कृष्णगोपाल श्रेष्ठ काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ मिलेर कीर्तिपुरको ल्याबरोटरी स्कुल कब्जा गरेकै छन् । सरकारको यस्ता गलत चिन्तन हुँदा विरोध हुन्छ । त्यो विरोधको सामना गर्दा प्रमको धम्की आउँछ । पार्टीमा पनि भएको त्यही हो । आफू धर्मप्रसाद ढकालको हत्या गरेर १४ वर्ष जेल बसेर छुटेको अवस्थामा केपी ओलीले व्यवस्था परिवर्तन गर्न आन्दोलन गरेको त्यो माओवादीमाथि हत्याराको आरोप लगाउँछन् । ओलीबाट वामपन्थी एकता हुँदैन । देशले वापमन्थीहरू एक ठाउँमा होस् भन्ने खोजेको छ । ओली आफ्नो पद प्रम जोगाएर मनपरी गर्न तम्सन्छन् । अरुका लागि लाग्नु कानुन एमालेका अध्यक्षलाई लाग्दैन । त्यही आरोपलाई तोड्न विद्या भण्डारीले एमालेको अध्यक्ष पदको दाबी गरेकी छिन् । हिजो उनी उपाध्यक्ष थिइन् । पार्टीमा ओलीको भन्दा कम लगानी उनको पनि छैन । उनी अध्यक्ष भएको खण्डमा मिशन ०८४ मा वामपन्थीको मोर्चा बन्ने निश्चित छ । छिमेकी मुलुक चीनको भ्रमणमा विद्या पार्टीकै तर्फबाट सहभागी भए पनि प्रधानमन्त्रीको दूतको रूपमा उद्योगमन्त्री दामोदार भण्डारी सहभागी गराइँदा उपमहासचिव रघुवीर महासेठलाई खटाइयो । माधवालई धोका दिएका १० भाइमध्ये ओलीले ठाउँ दिएका
रघुजीपन्तलाई मात्रै हो ।
शिक्षकको आन्दोलन मत्थर गर्न तत्कालिन शिक्षमन्त्री विद्या भट्टराईले सात सूत्रीय एजेन्डा अघि सारिन् । तर प्रमले साथ दिएनन् । त्यहाँ अस्गर अलीको स्वार्थ थियो । आज अलीको स्वार्थका काम हुँदैछन् । अली प्रमका आईटी सल्लाहकार हुन् । ओलीका राजनीतिक सल्लाहकार हुन् विष्णु रिमाल जसले अलीको हितमा राज्यको ढुकुटी खर्चेर आफू पनि खल्ती भर्छन् । एमालेको २१ सदस्यीय पदाधिकारी र सचिवालय अध्यक्ष नै अल्पमतमा पर्ने डर छ । त्यही डरलाई एमालेमा भूकम्प आउने वाला छैन भन्ने चेतावनी ओलीले दिएका हुन् । वाम एकताका विरोधी ओली राष्ट्रपति पदको ग्यारेन्टी नगरी एमालेबाट बिदा नलिने बताउँछन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल