Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नै पार्टी मिलाउन नसकेका देउवा र दाहालबीच मन्त्रिपरिषदलाई पूर्णता दिन छलफल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। बिहीबार विहान प्रधानमन्त्री बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँड गर्ने जिम्मा शीर्ष नेतालाई दिने सहमति गरेको थियो। उता जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्ने जिम्मा बाबुराम भट्टराई र उपेन्द्र यादवलाई दिएको छ। उनीहरुले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिएपछि प्रधानमन्त्रीले सरकारलाई पूर्णता लिने बताइएको छ। शुक्रबार प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकारलाई पूर्णता लिने विषयमा छलफल केन्द्रित रहेको बालुवाटार निकट स्रोतले जनाएको छ। पार्टीबाट मन्त्री हुनेहरूको टुंगो लगाउने विषयमा प्रधानमन्त्री देउवा आफैं अप्ठ्यारोमा छन् । उनले पार्टीबाट यसअघि गृहमन्त्रीमा बालकृष्ण खाण र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले केही दिनअघि मात्र स्वास्थ्य राज्यमन्त्रीमा कांग्रेस समानुपातिक सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि देउवाको पार्टीभित्र आलोचनासमेत बढेको छ । कांग्रेसबाट अन्य मन्त्रीहरू कोको पठाउने भन्ने विषयमा पार्टीभित्र विवाद रहेको छ । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौला समूहलाई समेट्ने विषयमा पनि समझदारी हुन सकेको छैन ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल