Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भाग्योदय चिठ्ठामा मन्त्री पाएका खानेपानी मन्त्री मणिचन्द्र थापाले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताए । मन्त्री थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यभार सम्हाल्दै मन्त्री थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताए । मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने बताए । देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्तरक्रियाबाट समाधान गर्न सकिनेमा जोड दिए ।
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २८
ताजा नेपाल
२०८३ जेष्ठ २८
ताजा नेपाल