Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नो घर डढेको हेर है कमरेड !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी माहोल तताउँदैछन् । माओवादी र समाजवादीलाई मात्र होइन काँग्रेसको थाङ्ने समूहलाई कम्युनिष्ट छिन्नभिन्न हुँदा ठूलो दल बन्ने सपना देख्न पनि ओलीले सुझाव दिएका छन् । ओलीकै कारण एमाले छिन्न भिन्न भयो । वाम गठबन्न सम्भव भएन । काँग्रेस भित्र पनि डा. शेखरहरू जस्ता झुसले शेरबहादुरको सेखी झार्ने धम्की दिँदैछन् । जसले आगामी संसदीय निर्वाचनमा २०७४ सालको जस्तो धात सहन नपर्ला भन्ने छैन । केपीले वामदेवलाई बर्दियाबाट, देउवाले शेखरलाई मोरङबाट हराएका कारण केपी अध्यक्ष पनि भए, ४१ महिने प्रम पनि भए, देउवाको दैनिकी त्यस्तै भयो । डा. शेखर पार्टी सभापति बन्न देश दर्शन गरे तर उनलाई डा. शशांक र सुजाताबाट साथ मिलेन । कृष्ण सिटौला पनि डा. शेखर जस्तै घाइते थिए ।
एमालेमा ओलीवाद हावी छ । त्यहाँ ईश्वर पोखरेल, विष्णु पौडेलका अपराधले आगामी चुनावमा तीनकै बाटो छक्न सक्छ । तर माधवलाई उचालेर आफैं पछारिएका १० भाइमाथि ओलीको दया देखिँदैन । किनकि त्यहाँ हिजोको कामको मूल्यांकन हुँदैन । महिलाको राजनति संकटमा हुन्छ । ०४८ सालमै सांसद बनेकी श्रीमया थकाली मुस्ताङ भन्दा ०५६ मा काँग्रेस छाडेर एमालेमा आएकी निरुदेवी पालको पार्टी हैसियतले त्यही देखाउँछ । ममता गिरी, पर्शुराम मेघी गुरुङ केन्द्रीय सदस्य छन् । तर नरेश खरेल केन्द्रीय सदस्य समेत भएनन् । उनको ठाउँमा मेडिकल माफिया पुगे खरेलको जेल बसाईको अर्थ भएन । पार्टी विधानले केन्द्रीय सदस्य बन्ने योग्यता तोक्छ । तर त्यो बोल्दैन । आफ्ना लागि विधि प्रक्रियाका कुरा गर्ने माफिया ईश्वर पोखरेल सोध्दैनन् । कोमल अ‍ोलीको धरातल उठाएर काठमाडौंको सुरेन्द्र मानन्धर चितवनका कृष्णभक्त पोखरेल, सुदूर पश्चिमका योगेन्द्र शाही, डा. दिपक प्रकाश भट्ट, भाष्कर काफ्लेलाई पाताल पु¥याइएको छ । ओलीको रापतापले वालिका खड्का प्रकरणबाट जोगिएका शेरधन राई, डा. राजन भट्टाई स्थायी कमिटीमा पुग्दा अरुण नेपालहरू पोलिटब्यूरोमा थन्किए । दिएको खाने सिद्धान्त, दर्शन होइन सूर्य छापको मलामी बढाउने योगेश भट्टराई, गोकर्ण विष्टले पदाधिकारी भएकाले ठाउँ पाए पनि आलीको आँगनमा नाच्ने ठाउँमिल्दैन । किनकि त्यहाँ महेश बस्नेत, गोकुल बास्कोटा र सूर्य थापाहरूालई ठाउँ पुगेको छैन ।
ओलीको बरबराहटलाई छौंडाहरूले तालि पिटेका छन् । जनताले ओली कालको पीडा र भोकमरीको हिसाव गरेको छ । कोरोना कालका ओम्नी र हुकामको हिसाव खोज्दा कुन नेता कहाँ पछारिन्छ पत्तो छैन । आफ्नै घर पोलेर खरानी ताप्ने अ‍ोलीलाई आफैंभित्र सल्केको आगोको पत्तो छैन ।