Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नो समूहलाई बेवास्ता नगर्न गगनको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन रहे पनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताएका छन् । बुधबार शेरख कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताए । उनले राष्ट्रियसभाको चुनावपछि तालमेल समाप्त हुने र स्थानीय र प्रतिनिधिसभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए । ‘राष्ट्रिय सभाको निर्वाचनसँगै चुनावी तालमेल समाप्त हुन्छ। हामी एक्लै चुनावमा जान्छौं,’ उनले भने ‘गठबन्धन चुनावसम्म रहन्छ तर, कांग्रेस एक्लै लड्ने हैसियत राख्छ । त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्छ। थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई पार्टीमा बेवास्ता गर्न नहुने बताए ।