Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जन्म दिने आमाको सम्झनामा मनाइने मातातिर्थ औंसी आजको दिन छोराछोरीहरुले आमाको सत्कार गर्ने संस्कृति परम्परालाई जत वर्षदेखि कोरोना महामारीको प्रकोपले असर पार्याे । यो पर्वमा आमा हुनेहरुले आफ्नै प्रकारले सम्मान तथा संस्कार गर्ने चलन छ भने जसकी आमा छैनन् । उनीहरु कामाण्डौको दक्षिण तर्फ रहेको मातातीर्थमा गई पितृ स्रध्दा गर्ने चलन छ । आजको दिन काठमाडौंको मातातीर्थमा लाग्ने मेला भने कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको नगरपालिकाले जनाएको छ । गत वर्ष पनि यसरी नै स्थगित गरिएको थियो । विगतमा मानिसहरुको घुइँचो हुने मातातीर्थ क्षेत्र आज सुनसान छ । तर, स्थानीयवासी फाट्टफुट्ट मातातीर्थमा पुगेर आमाको प्रतीमामा पूजा गरेका छन् । आमा नभएकाहरु मातातीर्थ पुगेर त्यहाँको कुण्डमा स्नान गरी पीण्ड दान गर्ने र आमाको प्रतीमामा पूजा गर्दछन् ।
२०८१ माघ १८
ताजा नेपाल
२०८१ माघ १८
ताजा नेपाल
२०८१ माघ १८
ताजा नेपाल