Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आमिर खानको चलचित्र आगामी क्रिसमसमा रिलिज हुने

काठमाडौं । बलिउड अभिनेता आमिर खानको कमब्याक तय भएको छ । सन् २०२४ को क्रिसमसमा उनको चलचित्र रिलिज हुने पक्का भएको बलिउड हंगामाले जानकारी दिएको छ ।
‘लाल सिंह चड्डा’ बक्स अफिसमा पूर्णतः असफल भएपछि आमिरले अभिनयबाट केही समयका लागि विश्राम लिएका थिए । उनको आगामी चलचित्र ‘लक्ड’ भएको समाचारमा उल्लेख छ । अब भने दर्शकले आमिरको नयाँ चलचित्रलाई सन् २०२४ को डिसेम्बर २० मा हेर्न पाउनेछन् । उनले यसबाहेक अन्य चलचित्रका लागि पनि काम गरिरहेको जनाइएको छ ।
आमिर खान प्रोडक्सनले निर्माण गर्ने यो चलचित्र उनको होम प्रोडक्सनको १६ औं चलचित्र हुनेछ । यो चलचित्र अहिले प्रि प्रोडक्सन चरणमा छ । सन् २०२४ को जनवरीमा छायांकन सुरु हुने तयारी छ । यसबाहेक आमिरले स्पेनी चलचित्र ‘क्याम्पियोन्स’को हिन्दी रिमेक पनि बनाउनेछन् । उनले ‘जय जय जय हे’को रिमेक, प्रीतम प्यारे, लपता लेडीज र लभ टुडेको निर्माण पनि गरिरहेका छन् ।
हालै उनले उज्वल निकमको बायोपिक निर्माण गर्न म्याडक फिल्म्सका दिनेश विजनसँग हात मिलाइरहेको खबर आएको थियो । जबकि ‘क्याम्पियन्स’ (शीर्षक च्याम्पियन्स) बनाउन उनले फरहान अख्तरसँग सहकार्य गर्नेछन् । तर यो स्पष्ट छैन कि माथिका कुन चलचित्रमा उनले अभिनय गर्नेछन् ।