Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरएसएसको कथित ‘अखण्ड भारत’ को योजना र नेपालमा हस्तक्षेप

  • गोपाल पाल्पाली आचार्य

‘विश्वको एकमात्र हिन्दुराज्य’ को पहिचान तथा नेपालको राजसंस्था फाल्ने आरएसएसकै रणनीति र योजना थियो । जसमा भारतीय गुप्तचर संस्था रअ तथा इन्डो पश्चिमा शक्ति समेत मिलेका थिए । नेपालमा राजसंस्था रहुन्जेल भारतले प्रत्यक्ष हस्तक्षेप गर्न सजिलो थिएन । त्यसको लागि माओवादी जनयुद्ध लाई भारतले नै समर्थन र सहयोग ग¥यो । माओवादी लाई हातहतियार बेचेर आम्दानी पनि हुने अनि नेपालको राजसंस्था पनि ढल्ने हिसाबले एउटा तिरले दुईतिर निशाना लगाएको थियो । कथित जनयुद्धको विश्राम पनि दिल्लीमा १२ बुदे सम्झौता गरेरै टुङ्गिएको थियो । भारतले गराइदिएको सोही १२ बुदे सम्झौता अनुसार नेपालको राजसंस्था समाप्त पारिएको थियो । राजसंस्था ढल्ने बित्तिकै नेपालको दलाल नेताहरू लाई कठपुतली बनाएर भारतले निकै भयानक तरिकाले हस्तक्षेप गरिरहेको छ । नागरिकता विधेयक पास गराएर लाखौं बिहारी, बंगाली र रोहिङ्गयालाई समेत नेपाली बनाइदिने भारतको योजना सफल भयो । त्यसपछि अंगिकृत नागरिकलाई पनि नेपालको उच्च पदमा नियुक्ति गर्न र मन्त्री प्रधानमन्त्री देखि राष्ट्रपति समेत बन्नको लागि बाटो खोल्यो । भारतीय बिहारी परमानन्द झा पहिलोपटक नेपालको उपराष्टपति बन्यो । उसले नेपाली भाषामा सपथ पनि खाएन । अधिकांश कथित मधेसवादी नेताहरू दोहोरो नागरिकतावाला छन् या पुर्ख्यौली घर बिहारतिरै जोडिएका छन् ।
सिमा विवाद समाधान गर्न पनि भारत कहिल्यै तयार भएन । बरु सिमाना मिच्ने काम जारी राख्यो । अझ हिन्दुत्वको निहुँमा नेपालभित्र छिरेर प्रत्यक्ष रूपमा धार्मिक सांस्कृतिक अतिक्रमण लाई तिब्रता दियो । त्यो अतिक्रमण अहिले चरम रूपमा पुगिसकेको छ । राजसंस्था बिनाको संघीय गणतान्त्रिक हिन्दुराज्य पनि आरएसएसकै योजना हो । किनकि नेपालमा राजसंस्था फर्किएमा संघीयता खारेज हुने र संघीयताको खारेजी संगै मधेस लाई छुट्टै प्रान्तका रूपमा टुक्र्याउने र भविष्यमा कथित ‘अखण्ड भारत’ को झुठो कहानी सुनाएर ’रोटी और बेटि’ का सम्बन्धको बहानामा भारतमा गाभ्ने सपना कहिल्यै पूरा हुँदैन भन्ने उसले राम्रोसँग बुझेको छ । आरएसएस मार्फत नेपालमा परिचालित उसका नेपाली कार्यकर्ताहरू अफिस गएजस्तै हाजिर हुन महिनैपिच्छे भारत जान्छन् र नेपालीको हृदयमा भारतीय राष्ट्रियता बढाएको प्रतिवेदन मालिकलाई बुझाउँछन् । त्यसैको आधारमा मालिकले नयाँ कार्यक्रम थपिदिन्छन् । उनीहरूका हाकिम साबले कथित ‘अखण्ड भारत’ को योजना अनुसार ‘संघीय गणतान्त्रिक हिन्दुराज्य’ को एजेन्डा बोकाएर नेपाल पठाउछ । जहाँ राजा र राजसंस्थाको कुनै अस्तित्व नहोस् र नेपालमा राजसंस्था आउनसक्ने सम्भावना सधैंको लागि बन्द होस् ।
त्यसको लागि के के कुतर्क राख्ने ? राजसंस्थाको कसरी बिरोध गर्ने ? के के नकारात्मक पक्ष देखाउने ? राजा र राजसंस्थाको बारेमा कसरी भ्रम छर्ने ? आदि कुराहरू घोकाएर एक एक लाइन कण्ठ गरेर फर्किन्छ्न । इसाई र मुसलमानले गरेको ज्यादती विरुद्ध लड्न आरएसएसले सहयोग गरेको र बल दिएको कुतर्क अगाडी सार्छ्न । जबकी मुसलमान लाई उचालेर हिन्दुसंग भिडाउने पनि तिनै हुन् अनि बाहिरबाट मिलाएजस्तो गर्ने पनि तिनै हुन् । पाकिस्तानी, अफगानिस्तानी र अरबी मुसलमान भन्दा नेपाली मुस्लिम संयमित छन् भन्ने उसले बुझेको छ । धेरै प्रयासका बाबजुद पनि नेपालमा हिन्दु मुस्लिम दंगा गराउन सकिरहेको छैन । नेपालगन्ज घटना त्यसैको उदाहरण थियो । नेपालगन्जमा दंगा गराउन भारतबाट परिचालित मुस्लिम लाई भारतकै बहराइच प्रहरीले पक्राउ गरेपछि यो रहस्य पर्दाफास भएको थियो ।
योगी नरहरीनाथ तथा गुरु गोरखनाथको देशमा हामीलाई कुनै बिदेशी संगठनले हिन्दुत्व सिकाइराख्न जरुरी छैन । विश्वलाई वैदिक सनातन धर्मको ज्ञान् दिने ऋषिमुनीहरूको तपोभुमी नेपाल नै हो । योगी नरहरीनाथ भन्दा भारतीय पाण्डा पुरोहितहरू आदर्शका रूपमा देखाउने आरएसएसको ’शैक्षिक प्रशिक्षण’ को मुल नीति हो । उसले नेपालको धर्म र मौलिक संस्कृतिको कुरा गर्दैन । भारतीय संस्कृतिको मात्र वकालत गर्छ । नेपालको तिर्थस्थलको बखान गर्दैन, भारतीय तिर्थस्थलहरूको मात्र बखान गर्छ । हिन्दुत्वको निहुँमा सबैभन्दा खतरनाक खेल आरएसएसले खेलिरहेको छ । यो कुरा आरएसएसका दलालहरूले बुझ्दैनन ।

आरएसएसको कार्यकर्ताले लेख्दिएको नेपालको राष्ट्रिय गीत !
नेपालको राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइला भारतीय सत्तारुढ दल बिजेपीको मातृसंगठन आरएसएसका कार्यकर्ता हुन् । उनी आरएसएसको नेपाल शाखा ‘हिन्दु स्वयंसेवक संघ’ का कार्यकर्ता हुन् । आरएसएसको कार्यकर्ता भएकोले नै एस डी मुनीको दवाबमा उनको गीत लाई राष्ट्रिय गीत स्वीकार गरेर तत्कालीन राष्ट्रपति रामवरण यादवले गणतन्त्र नेपालको राष्ट्रिय गीत घोषणा गरेका थिए । राष्ट्रिय गीतमा नेपालको सिमाना ’मेची र काली’ भनेर खुम्च्याउनुको रहस्य यहि थियो । उनलाई महानगरको विकास दुत बनाइएको छ र मासिक ३०,००० सेलरी पनि दिइएको छ । तलब र भत्ता गरेर मासिक ८०,००० रुपैयाँ पाइरहेका छ्न । राष्ट्रिय गीत घोषणा भएपछि पारिश्रमिक स्वरुप शुरुमै पाँच लाख दिइएको थियो । एकपटक किनिसकेको गीतलाई आजीवन भत्ता स्वरुप सरकारले मासिक पचास हजार रुपैया दिदै आइरहेको छ ।

सावधान ! आरएसएस (आरएसएसद्वारा हुनसक्ने सम्भावित साम्प्रदायिक दंगा बाट सबै नेपालीहरू सचेत बनौं..!!
सामाजिक सञ्जालमा विभिन्न फेक आइडी बनाएर हिन्दु धर्म विरुद्ध आपत्तिजनक पोस्टहरू गर्ने, बाहुन–क्षेत्रीका विरुद्ध विष बमन गर्ने, वैदिक सनातन धर्मको विरुद्ध गलत कुराहरू लेखेर दुस्प्रचार गर्ने, अरुको पोस्टमा गएर अस्लिल कमेन्ट तथा अस्लिल गालिगलौज गर्ने, सामाजिक सहिष्णुता भड्काएर समाजलाई साम्प्रदायिक द्वन्दमा धकेल्ने खालका कुराहरू मात्र लेखेर पोस्ट गर्ने अनि त्यस्ता पोस्टहरूलाई विभिन्न ग्रुपहरूमा शेयर गर्ने १०६ जना अराजक ब्यक्तिहरूको रिपोर्ट तयार पारेर हिजो नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिन पुगियो । त्यहाँ पुगेपछि अनुसन्धानका क्रममा सोंच्दै नसोचेको आश्चर्यजनक तथ्य देखेपछि हामीलाई स्तब्ध बनायो । साइबर ब्युरोले गरेको अनुसन्धानमा देखिएको कुरा हामीले कल्पना गरेको भन्दा निकै फरक थियो । हामिले सामाजिक सञ्जालमा भेटिएका त्यस्ता १०६ जना ब्यक्तिहरूको अनुसन्धान गर्दा इसाईहरूको संख्या जम्मा २६ जना मात्र थियो, मुस्लिमको संख्या जम्मा ६ जना थियो भने बाकी ७४ वटा फेक आइडिहरू हिन्दुकै थिए र त्यस्ता छद्मभेषी हिन्दुहरू सबै आरएसएसका कार्यकर्ता थिए । त्यस्ता छद्मभेषीहरूले राई, लिम्बू, तामाङ, मगर, गुरुङ, लामा जस्ता जनजातीहरूको नामबाट फेक आइडी बनाएका थिए । केही आइडिहरू कथित दलितको नामबाट बनाइएको थियो । केही आइडिहरूमा बुद्धको फोटो राखिएको थियो भने केही आइडिहरूमा फेक तस्वीर राखिएको थियो । चाखलाग्दो कुरा त के भने त्यस्ता आइडीहरू भारतीय सिम तथा भारतीय पब्लिक वाइफाई मार्फत बिहार तथा पश्चिम बंगाल क्षेत्रबाट खोलिएका थिए । केही आइडीहरू भने मधेस प्रदेशबाट खोलिएका थिए । त्यस्ता फेक आइडीहरूको पोस्टहरू अधिकांश हिन्दु धर्मको विरुद्ध थिए भने केही पोस्टहरूमा इसाई र मुस्लिम विरुद्ध हिन्दु समाज भिडाउनको निम्ति आपत्तिजनक कुराहरू लेखिएका थिए ।

यसबाट के बुझ्ने ? ?
आरएसएसले नेपाली समाजमा साम्प्रदायिक दंगा गराउन भित्रभित्रै पूरा तयारी गरिरहेको अनुमान हामीले लगायौं । यदि हाम्रो अनुमान सहि हो भने अब छिट्टै नेपालको मधेस क्षेत्रमा पÞmेरि डरलाग्दो तरिकाले हिन्दु–मुस्लिम भिडन्त हुनसक्छ । त्यस्तो भिडन्त गराउन भित्रभित्रै आरएसएसले दुबै समुदायलाई उचालिरहेको छ । एकातिर हिन्दुलाई मुस्लिमले दमन ग¥यो भन्ने अनि अर्कोतिर भारतबाट दंगा गराउन भारतीय मुस्लिमहरू नेपाल ल्याएर घुसपैठ गराउने षड्यन्त्र हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ । नेपालगन्ज घटनामा भारतको छिमेकी जिल्ला बहराइच प्रहरीले पक्राउ गरेका ९ जना मुस्लिमहरू भारतीय नै थिए । त्यसैबाट यो अनुमान लगाउन सकिन्छ । मधेसबाट गृहयुद्ध शुरु गरेपछि त्यहाँका पहाडी समुदाय लखेट्ने र भारतीय अंगिकृत नागरिकहरूलाई स्थापित गराउने आरएसएसको ठूलो षड्यन्त्रको गन्ध आइरहेको हामीले महसुस गरेका छौं । यदि त्यसो भएमा सच्चा देशभक्त हाम्रा मधेसी दाजुभाइहरू जो सयौं वर्षदेखि भारतले मिचेको दशगजा क्षेत्रमा भारतीय प्रहरी संग लडेर नेपालको जमीन जोगाइरहनु भएको छ, जो सच्चा सिमा रक्षक हुनुहुन्छ त्यस्ता देशभक्त मधेसी दाजुभाइहरू आफ्नै वस्तीमा अल्पमतमा पर्ने र भारतीय अंगिकृतहरूबाट शासित हुनुपर्ने खतरा देखिन्छ । मधेसी दाजुभाइहरूको यो पीडा कसले बुझिदिने ? यदि त्यसो भएमा नेपालबाट मधेस टुक्र्याउने भारतीय सपना छिट्टै पूरा हुने खतरा देखिन्छ । भित्रभित्रै आरएसएसले सल्काएको यस्तो आगो नेपाल सरकारलाई जानकारी होला कि नहोला ? ?

निजानन्द सम्प्रदाय (कृष्ण प्रणामी) बारे केही जिज्ञासा !!
जब जब निजानन्द सम्प्रदायको तारतम भित्र अल्लाह, मुहम्मद, रसुल जस्ता शब्द किन लेखिए भनेर प्रश्न सोधिन्छ, तब उनीहरूको फरकफरक जवाफ किन आउँछ ?
एकथरी भन्छन्– इतिहासको कुनै कालखण्डमा मुस्लिम धर्मावलम्बीले हिन्दु लाई क्रुर दमन गरे । त्यसैले मुस्लिम बाट बच्नको निम्ति त्यस्ता शब्दहरू प्रयोग गरिएका थिए । ती शब्दहरू देखाएर मुस्लिम लाई ‘कन्भिन्स’ गरियो कि हामी पनि इश्वर एक छन् भनेर मान्छौं र कुरानले ईश्वर लाई सम्बोधन गरेको शब्द द्वारा हामीले पनि इश्वर लाई सम्बोधन गर्छौं । यो तर्क गरेर मुस्लिमको ज्यादती बाट हामी बच्यौं ।
अर्कोथरी भन्छन् – निजानन्द समुदायको मुख्य ग्रन्थ ‘तारतम सागर’ ले भाषिक रूपमा ईश्वरलाई गरिने सम्बोधनको सहजीकरण गरेको छ । ईश्वर, अल्लाह, परमेश्वर, गड जे भनेपनी एउटै ब्यक्ति हुन् भनेर मुस्लिम लाई पनि कृष्ण भक्तिमा आकर्षित गर्न त्यस्ता शब्दको प्रयोग गरिएका हुन् ।
अझै अर्कोथरी भन्छन् – कुरानमा लेखिएका कुराहरू परिमार्जित गरेर नयाँ शैलीमा मुस्लिम समुदायलाई बुझाउन र उनिहरूलाई कुरानको सट्टा तारतममा आकर्षित गरि कृष्ण भक्तिमा लगाउनको निम्ति ’तारतम सागर’ लेखियो । तारतम पढेपछि मुस्लिमहरू पनि कृष्णभक्त बने ।

अब अर्को सवाल उत्पन्न हुन्छ – कुन चैं तर्क सहि हो ?
यदि सबैभन्दा माथिल्लो तर्क सहि हो भने तत्कालीन समयमा गरिएको मुस्लिम ज्यादतीबाट आफुहरू बच्नको निम्ति ती शब्द प्रयोग गर्न बाध्य हुनुपरेको थियो भने अहिलेको परिस्थितिमा किन फेरबदल गरिएन ? अहिले त मुस्लिम ज्यादती छैन होला । नेपालमा त झन अपवाद बाहेक कहिँ कतै मुस्लिम ज्यादती छैन । अनि मुस्लिमले ज्यादती कृष्ण प्रणामीलाई नै गर्नुपर्ने कारण के ? किन अन्य समुदायलाई गरेनन् ? यदि मुस्लिम ज्यादती बाट बच्नको निम्ति ती शब्दहरू बाध्यात्मक परिस्थितिमा लेखिएका थिए भने ज्यादती हुनु अगाडी लेखिएका ओर्जिनल ग्रन्थ कुन हो ? सधैभरी इतिहासको कुनै कालखण्डमा घटेको घटना लाई कारण देखाएर कृष्णको नाममा अल्लाह र मुहम्मद पढिरहनुपर्ने कस्तो तर्क हो ? अनि मुगल हरूले आक्रमण गरेको इतिहास नेपालको पनि त हैन । भारतीय इतिहास हो । नेपालमा ज्यादती थिएन भने नेपालमा आएर पनि त्यै कुरा पढाउनुपर्ने कारण के ?
अब दोस्रो तर्क हेरौं – यदि दोस्रो तर्क सहि हो भने तारतमले भाषिक रूपमा विभिन्न सम्प्रदायले गर्ने इश्वरको सम्बोधन लाई सहजीकरण गरेको हो र इश्वर र अल्लाह एउटै हुन् भन्न खोजेको हो भने माथिल्लो तर्कमा दिइएको ज्यादतीको तर्क त्यसै खारेज हुँदैन र ? कि मुगलको ज्यादती भएपछि उनीहरूबाट बच्नको निम्ति नै भाषिक सहजीकरणको तर्क राख्नुपरेको हो ? यदि आफू बच्नको निम्ति ती शब्द राखिएका हुन् भने आफू कन्भिन्स भैयो कि उनीहरू कन्भिन्स भए ? आफू बच्नको निम्ति बाध्यताले राख्नुपरेको शब्दले जो बाट आफुलाई खतरा भएको हो उसैलाई कन्भिन्स गरेर आफ्नो धर्ममा आकर्षित गर्न कसरी सकिन्छ ? अझ उसैको ग्रन्थ (कुरान) लाई गलत देखाएर आफ्नो ग्रन्थ (तारतम) सहि भनेर उनीहरू कन्भिन्स हुने कुरा कसरी पत्याउने ?
तेस्रो तर्क – यदि तेस्रो तर्क सहि हो भने मुस्लिम समुदायले कुरान पढ्न छोडेर आज तारतम पढिरहेका छन् त ? कृष्ण र अल्लाह जे नामले सम्बोधन गरेपनी एकै इश्वर हुन् भनेर मुस्लिम समाजले कृष्णको पुजा गरिरहेको छ त ? अनि मुस्लिम समाजले कुरानको विश्वास गर्न छोडेर तारतमको विश्वास गरिरहेका छन् त ? मुस्लिम समाजले तारतमलाई पनि आफ्नो धर्मग्रन्थ भनेर स्विकार गरिरहेको छ त ? कुन चै कुरा पत्याउने ? कुन चैं तर्क सहि मान्ने ? तारतम पढेर कतिजना मुस्लिमहरू धर्म परिवर्तन गरेर कृष्ण प्रणामी बने ? किन निजानन्द समुदायले ’घर वापसी’ कार्यक्रम चलाएर मुस्लिम लाई हिन्दु बनाउने अभियान सञ्चालन नगरेको त ? यदि तारतम मुस्लिम समाजलाई सम्झाउनको निम्ति लेखिएको थियो भने किन वैदिक हिन्दुको वस्तीमा प्रणामी मन्दिर बनाएर वैदिक हिन्दुहरूलाई नै भेला गराइन्छ ? किन त्यहाँ कुनै मुस्लिमको उपस्थिति हुँदैन ? किन प्रणामी मन्दिर मुस्लिम समाजको बीचमा पुगेर बनाइदैन ?
अझ अर्को सवाल पनि उठ्छ – हामी वैदिक सनातनीहरू ब्यक्तिवादी बन्ने कि सिद्धान्तवादी बन्ने ? कुनै धर्मगुरुले लेख्दिएका किताब लाई वैदिक सनातनको मुल ग्रन्थ मान्ने कि वेदव्यासजीले लेख्नुभएका वेद पुराण लाई मुल ग्रन्थ मान्ने ? के कुनै सम्प्रदायका धर्मगुरुहरू वेदव्यास भन्दा ठुला हुन् ? यी सवालहरू मेरो मनमा उब्जेका जिज्ञासा हुन् । निजानन्द सम्प्रदायको बिरोध हैन । यस्ता जिज्ञासा म जस्ता लाखौं वैदिक सनातनीहरूको छ । त्यसैले यी सवाललाई बिरोधको रूपमा नहेरी जिज्ञासाको रूपमा हेरेर निजानन्द सम्प्रदायका गुरुहरूले प्रष्ट पार्दिनुभएमा सबैको मन शान्त हुनेछ र सबैजना प्रष्ट हुनेछन् ।