Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरके ज्वेलर्सको शिलबन्दी तोडिने

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय छानविन समितिले शिलबन्दी गरेको आरके ज्वेलर्स खोल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इजलासले ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरिदिएको हो ।

समितिले २८ जेठ २०७५ मा न्यूरोड र दरबारमार्गमा रहेको ज्वेलरीमा शिलबन्दी गरेको थियो । सञ्चालक राजेन्द्र शाक्य सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परिसकेपछि शिलबन्दी गरिएको थियो । सर्वोच्च अदालतले न्युरोड र दरबारमार्गजस्तो ठाउँमा एक वर्ष भन्दा लामो समयदेखि पसल बन्द रहँदा आर्थिक नोक्शानी पर्ने र भाडा रकम थपिँदै जाने भन्दै सुविधा सन्तुलनको दृष्टिले पसल खोल्न परमादेश जारी गरेको सर्वोच्चका एक अधिकारीले बताए ।

सञ्चाललक शाक्यलाई भने जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । ज्वेलरीबाट प्रहरीले करिब ९ करोड रुपैयाँ बराबरको गहना पनि बरामद गरेको थियो । सर्वोच्चले उक्त गहनाको मुद्दा जिल्ला अदालत मोरङमा विचाराधीन रहेको भन्दै यसबारे केही बोलेन । ज्वेलरीमा शिलबन्दी गरेको दुई दिनपछि समितिले बाजेको सेकुवाको ६ वटा आउटलेटमा छापा हानेको थियो ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल