Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काँग्रेसका युवालाई पार्टी नेतृत्व सुम्पन नपत्याएका शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारीका रूपमा वरिष्ठ नेता डा. शेखर कोइरालालाई छान्ने भएका छन् । त्यो छनोट बापत उनले भ्रष्टाचारकी कुलदेवी डा. आरजु राणालाई आफ्नो टिमभित्र पार्नुपर्नेछ । कोइराला र देउवाबीचमा काँग्रेस र पार्टी अवस्थाका बारेमा छलफल भएको छ । देउवा समूहबाट महामन्त्री पदका लागि योग्य र सक्षम नेताका रूपमा पूर्णबहादुर खड्का हुन् । उनी यस अगावै महामन्त्री भएकाले अहिले उपसभपाति छन् । पार्टी नेतृत्व आफूहरूले लिने भन्दै गर्दा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालाई युवाहरूले नै पूर्ण विश्वास गरेका छैनन् । प्रदीप पौडेल तनहुँमा पराजित हुँदै काठमाडौं ५ बाट चुनाव जिते पनि काठमाडौंको भूगोलले रुचाएको छैन । उनी कार्यकर्ताका लागि सहज छैनन् । आफूलाई चुनावमा सघाएका मतदाताप्रति उदार नहुँदा ०८४ मा काँग्रेस काठमाडौं ५ मा आँट नगरे हुन्छ । माओवादी नेतृत्व स्वार्थमा लम्पट अवसरवादी बनेर क्षेत्र नं. ५ मात्र होइन काठमाडौंको संगठन बिगरेको भए पनि मतदाता ९ हजार हाराहारीमा रहेका छन् । काँग्रेस र प्रदीप एमालेका ईश्वरले चुनाव जित्नुको करण नै माओवादी हो ।
बुढानिलकण्ठले पत्याए पनि जनताले नुवाकोटमै नपत्याएपछि काठमाडौं ५ मै बसोबास गरेका कारण डा. महत सो क्षेत्रमा चुनाव लड्ने भन्छन् । तर टोखामा काँग्रेसकै नेता नभएझैं कहिले तनहुँ, कहिले नुवाकोटका टुरिष्ट भिडाएर नेतृत्व उम्कने ठाउँ अब छैन । सभापति पदका आकांक्षी डा. शशांक मुखले दावी गर्ने हुन् बाबुको नाममा केन्द्रीय सदस्य महामन्त्री भए पनि पार्टी राजनीति, कार्यकर्ता परिचालनमा ढंग नहुँदा पत्याउने ठाउँ छैन । गिरिजापुत्री सुजाता कोइराला बदनाम छन् अहिले मोरङ बासीले पत्याएर माओवादीको भोटले जिते पनि अबको चुनावमा मोरङले कसैको हकदाबी पत्याउन कठिन छ । किनकि मोरङमा काँग्रेसलाई एमालेले एक्लै तह लगाएको कुनै समय अहिले माओवादी पनि थपियो । डा. शेखरले एमालेसँग मिलेर संविधानका अप्ठ्यारा पक्ष परिवर्तन गर्ने भने पनि प्रम एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई छœयाउन थालेका छन् । केपीको दाउ ८÷९ अर्बको खेलो फड्को हुने धितो पत्र बोर्ड माफिया दिपक भट्टका खजाञ्चीलाई कार्यकारी नबनाउँदा प्रचण्डको सरकार ढलेको यथार्थका अगाडि डा. शेखर कोइराला कति जानकार छन् ? केपी ओलीले अब राजदूत नियुक्ति न्यायाधिश नियुक्ति गडबढी गर्दैछन् । परराष्ट्रमन्त्री डा. आरजु राणालाई जसरी टिकापुरको ३१ बिघा जग्गा प्रकरणले छाडेको छैन । काँग्रेसका मटन काजी गगन थापाले केही समय अगाडि काँग्रेस प्रमुख प्रतिपक्षमा बस्ने गुड्डी हाँकेका थिए । उनको बोली अहिले बन्द भएको छ । आफैंले काँग्रेस प्रतिपक्षमा बस्छ भनेको कुरा अहिले सामाजिक सञ्जालमा भाइरल हुँदैछ । आफैं सरकारमा पार्टी जाँदैन भन्ने आफैं गिरिबन्धु र सहकारी ठगीमा कसैलाई नछाड्ने भन्दै गर्दा गिरिबन्धुमा कुलदेवी टिकापुर जग्गामा डा. आरजु जोडिँदा देवर गगनको भ्रष्टाचार विरोधी हुँकार कता हराएछ, प्रधानमन्त्री केपीले विश्वासको मत पाएको दिन पत्रकारहरूबाट भाग्नु प¥यो । पार्टी नेतृत्व लिने भन्दै गरेका महामन्त्री गगन र विश्वप्रकाश शर्मा अहिले मौन छन् । उता सभापतिले आफ्नी पत्नीको संरक्षण गर्दै पार्टी नेतृत्वमा डा. शेखरलाई अगाडि बढाउन भित्रभित्रै तयारी गर्दैछन् । देउवाको टिमका गृहमन्त्री रमेश लेखक, कानुनमन्त्री अजय चौरसिया, विवादमा पर्ने छैनन् । तर डा. आरजुको भर छैन । जसले चुनावमा फ्रि भिसा, फ्रि टिकटको आश्वासन दिँदै जनतालाई ढाँट्दा कञ्चनपुरका जनताले लोप्पा दिएका हुन् । जनतामा जान नसकेकी डा. आरजुलाई पछिल्लो पटक समानुपातिकमा राखेर सभापति देउवाले डा. प्रकाशशरण महत, विमलेन्द्र निधि जस्ता पनि समानुपातिकमा बसेर लोक हसाएका छन् । यही कारण डा शेखरलाई सभापति देउवाले पार्टी सुम्पने बताएका छन् ।
बागमतीमा काँग्रेस भिड्दै
शेरबहादुर देउवा पक्षका बहादुरसिंह लामा बागमती प्रदेश मुख्यमन्त्री भएका छन् । त्यहाँ प्रदेश समितिका सभापति इन्द्र बानियाँ छन् । यी दुवैको धरातल निर्माण व्यवसाय हो । तर मुख्यमन्त्री बन्न दुवैले सभापति शेरबहादुर देउवाको साथ खोजेका थिए । लामा पार्टी प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतका पनि जिल्लावासी कुलदेवीबाट आशिर्वाद प्राप्त हुन् । लुम्बिनीमा एमालेले मुख्यमन्त्री छान्दा दलको नेतालाई नदिएर उपनेतालाई क्रेन लगाएर तान्यो । तर काँग्रेसले बागमतीमा मुख्यमन्त्री दलकै नेतालाई बनाए पनि पार्टीले पाएका छ मन्त्रीका लागि कुन्दन काफ्ले, मधुकुमार श्रेष्ठ र श्याम बहादुर खड्का भन्दा छान्न सकेन । त्यहाँ हरिप्रभा खड्गीलाई मन्त्री बनाएर श्रेष्ठलाई विनाविभागीयमा राखेपछि विवाद बढेको छ । तीनले नि मन्त्रालय पाएका छैनन् । गुटको आधारमा काफ्ले, कृष्ण सिटौला पक्षधर हुन् भने श्याम खड्का डा. महतका, श्रेष्ठ प्रकाशमानका हुन् । डा. शेखर पक्षले चासो लिएको छैन । पद र कुर्सीप्रेम वर्तमान राजनीतिको मुल धेय छ । जनजीविकाको सवालमा वर्तमान गठबन्धन कतै चिन्तित पनि छैन, चासो पनि लिँदैन । स्वार्थका लागि गठबन्धन फर्ने र आफू शासक बन्ने माओवादीका अध्यक्ष प्रचण्डले शुरु गरेको गुट उपगुटको राजनीति काँग्रेस र एमालेमा चर्कदा जनता जनार्दन भने कालो बजार, महंगी, अभावकै चपेटामा छन् ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल