Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरबिबिको साधारण सभा सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैङ्किङ लिमिटेडकोे चौथो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७५–०७६ को वार्षिक प्रतिवेदनसहित विविध प्रस्तावहरू पारित गरेको छ । साधारण सभामा अध्यक्ष किरणकुमार श्रेष्ठले हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैङ्किङ सेवालाई मर्चेन्ट बैङ्किङको रूपमा विकास गर्ने दीर्घकालीन सोचअनुरूप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताले पनि मर्चेन्ट बैङ्किङ सेवा लिन सकिने वातावरण बनाउने बताएका छन् । मर्चेन्ट बैङ्किङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्ता पुँजी रहेको मर्चेन्ट बैङ्किङले इस्यु मेनेजमेन्ट, आरटीएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ, डिपोजेटरी पार्टिसिपेन्टलगायतको सेवा दिइरहेको बताए । साधारण सभामा आरबिबि मर्चेन्ट बैङ्किङ लिमिटेडका सञ्चालकहरू कविराज अधिकारी, केशवप्रसाद लम्साल, सरस्वती अधिकारी, पवन रेग्मी, बैङ्कका उपकार्यकारी अधिकृतहरू टेकराज जोशी, महेन्द्रप्रसाल अवस्थी, देवेन्द्ररमण खनाल, सीए एकराज सिग्देललगायतकोे उपस्थिति रहेको थियो । साधारण सभालाई कम्पनी सचिव खगेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल