Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो। एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनी अदालतको आदेशमा गत चैत २ गते धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि उनले केही दिनअघि संसद् सचिवालयमा निवेदन दिदै रोकिएको सेवासुविधा फुकुवाको माग गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँको निवेदनमाथि कानुनी सल्लाह गरेर निर्णय लिने तयारी गरेका छन् । प्रतिनिधिसभाको नियमावलीको नियम २४४ को उपनियम ३ बमोजिम आफूले सेवासुविधा पाउनुपर्ने माग सांसद बानियाँको छ।