Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आर्थिक पक्षमा अर्थमन्त्री असफल

काठमाडौं । प्रशासनिक सुधारको डंका पिटेर पुराना दलको खेदो खन्दा आफ्नो नियतीको पत्तो नपाउने रास्वपा सरकारका प्रधानमन्त्रीले २७ जना स्वकीय राखेर इतिहास रचेकै छन् । यी २७ मध्येका कुमरा बेन र असीम साह चर्चामा हुन्छन् । अरुको कार्यक्षेत्र पत्तो छैन । उनीपछि धेरै स्वकीय राख्ने विराजभक्त श्रेष्ठ हुन् । उनले १३ जना राखेर ऊर्जा अन्तर्गत विभागीय कार्यालयहरूलाई कति तह ललगाए पत्तो छैन । भोटेकोशी बाढीले विद्युत झ्याप झ्याप जाने गरेकै छ । यो सरकारका समयमा विद्युत उत्पादन लगभग थन्केको छ । भएका शक्तिलाई चुहावट नियन्त्रण गर्नु जरुरी छ । प्रमको सचिवालयको झुण्डमा रहेकी प्रकृति अधिकारीले युएन बैठकमा जात्रा देखाइन् । सचिवालयमा रहेका स्वकीयको बगाल ४÷४ जना राखेका गोरखाली दुईमन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गु्रुङका स्वकीयहरू दाम संकलन गर्न र पार्टीभित्र द्वन्द्व चर्काउन सक्रिय छन् । अर्थमन्त्री वाग्लेको तर्फबाट तनहुँका सांसद श्रीराम न्यौपाने र गुल्मीका सांसद सागर ढकाल विद्युत टनेलमा फसेका नागरिकहरूको उद्दारमा खटेका बेला पार्टीले रुचाएको छैन भनेर समाचार प्रवाहगराउने नविन ढुंगाना थिए । उनको काम विद्युत बक्यौता नतिरेर राजश्व मारेका उद्योगी, व्यापारीहरूसँग अर्थमन्त्री वाग्ले, ऊर्जामन्त्री श्रेष्ठसँग छलफल गराउनु पनि हो । गोखराका स्थानीय बासिन्दा वाग्ले चितवनका झरेका हुन् । चितवन १ बाट काँग्रेसको टिकट चाहन्थे । तर दाई भाउजुले नदिएपछि रास्वपा प्रवेश गरेर तनहुँ १ बाट निर्वाचन जित्दै आएका हुन् । वाग्ले देशको गरिबी, अशिक्षा, अभावबाट टाढा रहेका प्रधानमन्त्री बालेन्द्र जस्तै रहेछन् । अर्थतन्त्रमा उनको ज्ञान, शिक्षा, स्वास्थ्यमा कर देशको उत्पादन विद्युतमा भ्याट लगाउँदै मृतकहरूलाई जल्नु पूर्व राज्यलाई कर तिर्ने नीति प्रस्तुत गरेपछि हवार्ड विश्वविद्यालयको धोती खुस्केको हो । यिनले बेइमानी राजश्व ठगहरूको संरक्षण गर्ने गरी दलालको रुमपा कति जना स्वकीय खटाए ढुंगाना सञ्चार हेर्ने हुन् । राजनीतिक चेतना काँग्रेसी दर्शन भएकै कारण रास्वपालाई वापमन्थीतर्फ भन्दा काँग्रेस निकट बनाउने वाग्लेको आफैं निर्वाचित जिल्लाको अर्को क्षेत्रका प्राविधिक सांसदसँग दुश्मनी गर्नु जायज होइन । त्यसो त व्यवहार सोझो, जनताको आक्रोशित भिडमा जस्तो जनशक्ति छ त्यसमै घुलमिल हुने गृहमन्त्री सुधन गु्रुङलाई ४ स्वकीयमध्ये अनिल बानियाँ, जेम्स कार्कीले फसाउन सक्छन् । नेपालगञ्जको नाउ लिँदै प्रशासिरत भिडियोले ठूलै तस्करीतन्त्रसँग लेनदेन गर्न लागेको झल्काउँछ । जान्नेलाई छान्नेहरूको टिमभित्र बालेन्द्र प्रवृत्तिका बढी आलोचित छन् भने रवि पक्ष पनि क्रमशः नांगै बन्ने बाटो खोज्दैछ । आर्थिक रूपमा दलका सांसदहरूले घरमै बसेर घर भाडा र मासिक मर्मत खर्च रु ९ हजार पनि छाडेका छैनन् । घर सजाउन मासिक ९ हजार नछाड्ने एमालेका पनि छन् रास्वपाका सभापति आफैं छन् । प्रधानमन्त्री र मन्त्रीहरूले रोजगारी दिलाएका पार्टीका भन्दा पनि आफ्नो सेवकहरूको निम्ति मासिक ३९ लाख खर्च गर्छन् । घर सजावटका लागि १०४ जना संसदले वार्षिक १ करोड १२ लाख खर्च गरेकै छन् । सरकारको फजुल खर्च घटाउने योजना केबल प्रचारमात्र हो भन्ने यहाँ देखियो । किनकि १२८ स्वकीयले मासिक ५० हजार रकम लिएकै छन् । इन्धन, सवारी साधन कार्यालय, व्यवस्थापनको पाटो छुट्टै छ । निजामती कर्मचारी र प्राविधिकहरूको हुर्मत लिने काम प्रशासन कमजोर हुन्छ आयोजनाबाट तलब खाएर स्वकीयलाई पाल्दा शुशासन र आर्थिक मितव्ययिमा कसरी लागू हुन्छ ?

 


सम्बन्धित समाचार

नयाँ नेतृत्व नयाँ सोचमा काँग्रेस

२०८३ आश्विन २८

ताजा नेपाल

मधेश हेपियो भन्दैछन् अमरेश

२०८३ आश्विन २८

ताजा नेपाल

अब विद्या र ओली देखाएर एमाले उठ्दैन

२०८३ आश्विन २८

ताजा नेपाल