Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आर्याघाटमा दाउराको माग बढ्यो

काठमाडौं । पशुपति आर्याघाटमा विद्युतीय शवदाहा गृहले धान्न नसकेपछि दाउराबाट कोभिडबाट मृत्यु भएकाको लास जलाउने क्रम बढिरहेको छ । यतिखेर उद्योग तथा निर्माण क्षेत्रका मज्दुरहरु काम बिहीन भए पनि आर्यघाटमा भने सुकबहादुर तामाङ जस्ता श्रमिकहरुले काम पाउन थालेका छन् । आफ्नो जीवनको ३० वसन्त डिपोमा काम गरेका तामाङ पशुपति आर्यघाट नजिकै रहेको टिम्बर कर्पोरेसनको काठ डिपोमा काम गर्छन् ।

सिन्धुपाल्चोक घर भएका ६२ वर्षीय तामाङको दिनचर्या भनेकै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने शवहरूको लागि दाउरा काटेर तयार पार्नु हो । हरेक दिन ड्युटीमा खटिरहने सुक बहादुर सोमबार पनि त्यसरी नै दाउरा काटिरहेका थिए । कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि आर्यघाटमा दाउराको माग बढेसँगै उनको व्यस्तता झन् बढेको छ । उनी भन्छन् दाउरा चिर्ने काम गर्ने हामी ६ जना छौँ, पहिला त निकै कम दाउराको माग आउँथ्यो अहिले एक दिनमै हामी प्रत्येकले झण्डै ६ देखि ७ हजार किलो दाउरा काट्न परेको छ । खाना र आरामको केही टुंगो नै हुन्न ।

घाटले दाउरा सकिन लाग्यो भन्ने बित्तिकै म बन्चरो लिएर काठ चिर्न थालिहाल्छु । तामाङका अनुसार देशभरबाट नै यहाँ शव ल्याइने हुनेले उनीहरुको काम पनि रोकिदिन त भएन । नजिकै रहेको शवदाह गृहमा चाप बढेपछि अहिले पशुपति क्षेत्र विकास कोषले बागमती किनारमा अस्थायी शवदाह स्थल बनाएको छ जहाँ कोरोनाका कारण ज्यान गुमाएकाको अन्त्येष्टी गर्ने गरिन्छ । शवदाह स्थल भन्दा केही मिटर मात्रै पर रहेको काठ डिपोलाई पशुपति क्षेत्र विकास कोषले पछिल्लो १० दिनमा मात्रै एक लाख किलो भन्दा बढी दाउरा ल्याइदिनका लागि चिठ्ठी पठाएको छ । पछिल्लो १० दिनमा मात्रै पशुपति क्षेत्र विकास कोषले एक पटक ३४ हजार ८ सय केजी र अर्को पटक ७१ हजार केजी दाउरा आपूर्ति गर्नको लागि चिठ्ठी पठाएको हो । हामीले पनि त्यही अनुसार नै आपूर्ति गरेका छौ ।

अन्य समयमा दैनिक माग औसतमा करिब ६ देखि ७ हजार किलोग्राम हुने गर्थ्यो अहिले यो कैयौ गुणाले बढेको छ टिम्बर कर्पोरेसन नेपालको पशुपति स्थित डिपोका इन्चार्ज द्रोणप्रसाद पोखरेलले ताजानेपाललाई बताए । पशुपतिमा रहेको रामघाटमा दाउरा आपूर्ति जिम्मा पाएको टिम्बर कर्पोरेसनले हरेक वर्ष औसतमा २४ देखि २५ लाख केजी दाउरा पशुपति क्षेत्र विकास कोषलाई आपूर्ति गर्दै आएको छ । यो वर्ष यो संख्या अझै बढ्ने आँकलन गरिएको छ । आर्यघाटलाई खाँचो पार्न भएन । हाम्रो डिपो २४ सै घण्टा खुल्छ, त्यसैले म यहीँ डिपोमा सुत्छु । तामाङका अनुसार राती दाउरा चाहियो भनेर कोही आयो भने उनी आफै घन र बन्चरो लिएर दाउरा चिर्न थालिहाल्छन् ।


सम्बन्धित समाचार