Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई इँटा भट्टामा मानिसहरूलाई जिउँदै जलाएर मारेको मुद्दामा सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिने निर्णय गरेको छ । उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले केही समय अघि गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको उपन्यायाधीवक्ता पुष्पराज बास्तोलाले जानकारी दिए । पुनरावेदन गर्ने निर्णय भैसकेको छ । निवेदन दर्ता गर्ने क्रममा छ, बास्तोलाले भने– आलमको पक्षमा फैसला गर्ने उच्च अदालतका न्यायाधीश थारु र महर्जनलाई न्यायपरिषदले सर्वोच्चमा तानेर छानबिन गरिरहेको छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल