Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आलमको बयान आपनि सकिएन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमको अदालती बयान नसकिए पछि मंगलबार पनि उनलाई पुनः प्रहरी हिरासतमै फिर्ता पठाइएको छ । मंगलबार बिहान ११ः४५ बजेदेखि नै बयान प्रक्रिया शुरु गरिएको भएपनि पटक पटक रोकिएका कारण मंगलबार बयान प्रक्रिया विषयवस्तुमै प्रवेश नगरी सकिएको हो ।
मंगलबारको अदालती समय सकिएका कारण बुधबार बयान हुने गरी आलमलाई पुनः हिरासतमै पठाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए । आलम पक्षका कानून व्यवसायीहरुले आफूहरुले अभियोग पत्र र मुद्दासँग सम्बन्धित मिसिलको नक्कल प्रतिलिपि नपाएको भन्दै बयान स्थगित गर्न माग गरेका थिए ।
पछि, ८३३ पृष्ठको मिसिल र ३९ पृष्ठको अभियोग पत्रको फोटोकपी गरेर आलमका कानून व्यवसायीलाई उपलब्ध गराइएको थियो ।
आलमका कानून व्यवसायीहरुले अभियोग पत्र र मिसिलको नक्कल पाएपछि दिउँसो ३ बजेर २० मिनेटबाट पुनः बयान लिन थालिएको थियो । बयानको शुरुवाती चरणमा जिल्ला न्यायाधीश दीपक ढकालले आलमको परिचय र उनको पारिवारिक पृष्ठभूमिबारे मात्रै प्रश्न गरे ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानूनी रुपमा विस्फोटक पदार्थ ओसारपोसार तथा उत्पादन गरेको अभियोगमा सोमबार जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहितका १० जनाविरुद्ध अभियोग पत्र दायर गरेपनि अरु भने फरार छन् ।
सरकारी वकिलले आलमसहितका अभियुक्त विरुद्ध आजीवन काराबासको सजाय मागदाबी गरेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल