Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आलमलाई थप पाँच दिन हिरासतमा

रौतहट । हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलममाथि थप अनुसन्धान गर्न अदालतले सात दिन म्याद थप गरेको छ ।
आइतवार जिल्ला अदालत रौतहटले आलममाथिको थप अनुसन्धानका लागि प्रहरीलाई थप पाँच दिनको म्याद दिएको हो । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो । यसअघि अदालतले मंगलबार अनुसन्धानका लागि भन्दै सात दिनको म्याद दिएको थियो ।
घटना भएको १२ वर्षपछि आलामलाई प्रहरीले २६ गते रौतहटबाट पक्राउ गरेको थियो । १२ वर्ष अघिको विस्फोटमा परि घाइते भएकालाई इँट्टा भट्टामा हाली जिउँदै जलाएको आरोप आलममाथि लागेको छ । हत्या आरोपमा पक्राउ परेसँगै आलमको सांसद पद निलम्वनमा परेको छ ।