Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आलमलाई बाचुञ्जेल जेलमा राख्न माग

काठमाडौं । निलम्बित सांसद मोहम्म अफताव आलमविरुद्ध ३ ओटा फरक फरक कसुरमा आजीवन काराबासको मागसहित अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमविरुद्ध विस्फोटक पदार्थ उत्पादनसम्बन्धी कसुर, ज्यान मार्ने कसुर र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको हो । जिल्ला सरकारी वकिल कार्यालयले आलमसहित ११ जनाविरुद्ध अभियोग पत्र दायर गरेको छ । अभियुक्त कामय गरिएकामध्ये १० जनाविरुद्ध समान कसुर गरेको अभियोग लगाएर मुद्दा गरिएको जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्र कटुवालले खबरहबलाई जानकारी दिए । बाँकी १ जनालाई मतियारको रुपमा प्रस्तुत गरेर सोहीअनुसार सजायको मागदाबी गरिएको कटुवालको भनाइ छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित ११ जनाविरुद्ध विस्फोटक पदार्थ ऐन, २०१८, मुलुकी अपराध संहिताको दफा (१७७)अन्तर्गत ज्यान सम्बन्धी कसुरमा (ज्यान मार्ने उद्योग) समेत गरी आजीवन काराबासको सजाय मागदाबी गरिएको जनाएको छ ।
आलमसहितका १० जना अभियुक्तविरुद्ध बम विस्फोटका घाइतेलाई इटाभट्टामा हालेर मारेको आरोप लागेको छ । १ जनालाई घटनाको मतियार बनेको आरोप छ ।
आलमले २८ चैत २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन विथोल्ने उद्देश्यले आफ्नो काका (शेख इद्रिस)को घरमा बम बनाउन लगाएका प्रहरी अनुसन्धानबाट खुलेको छ । स्थानीयको बयानका अनुसार बम विस्फोटमा घाइते भएका र ज्यान गुमाएका गरी २२ जनालाई राज इटाभट्टाको इटा पोल्ने भट्टीमा हालेर मारिएको थियो । बम विस्फोटमा घाइते भएका रौतहटको तत्कालीन सरुअठा गाविस–२ का २२ वर्षीय पिन्टु भनिने त्रिलोक प्रताप सिंह र २२ वर्षकै ओसी अख्तर पनि इटाभट्टामा जलाएर मारिएका थिए ।
प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आलम प्रकरणमा ११ जना अभियुक्तको सूची कायम गरेको छ । जसमध्येका १० जना फरार छन् भने मुख्य अभियुक्तमध्येका एक अफताब आलम मात्रै प्रहरी नियन्त्रणमा छन् । कांग्रेस नेता आलमका अतिरिक्त राज इटाभट्टका सञ्चालक बद्री सहनीलाई पनि मुख्य अभियुक्तको रुपमा कायम गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले आलम विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ उत्पादन गरेको कसुरमा मुद्दा चलाएको छ । जिल्ला न्यायाधीवक्ता कटुवालले निर्ममतापूर्वक ज्यान मारेको अभियोगमा आलमसहितका १० जनालाई जीवित रहेसम्म कैद गर्न माग गरिएको बताए ।


सम्बन्धित समाचार