Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प भएको छ । तीन दिनअघिबाट आपूर्ति परिमाण कटौती गरिरहेका व्यवसायीहरूले बुधबार भने पूरै रोकेको आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघले जनाएको छ । संघका महासचिव प्रकाश गजुरेलले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने अव्यावहारिक निर्णय कार्यान्वयन गर्न दबाब दिएकाले बिक्री नै रोक्नुपरेको बताए ।
चालू आर्थिक बर्ष ०८०र८१ को आर्थिक ऐनमा आलु र प्याजमा भ्याट लगाउने व्यवस्था छ । बजेट सार्वजनिक हुनासाथ व्यवसायीले यस्तो व्यवस्थाको विरोध गरेका थिए । त्यसपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा सम्बोधन गर्दै आयातीत आलु र प्याजमा मात्रै भ्याट लगाउने गरी कार्यविधि बनाउने आश्वासन दिएका थिए ।
तर, पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यवसायीले सटर बन्द गरेको संघका महासचिव गजुरेलले बताए । भारतबाट आयात गरेको आलु–प्याजमा भ्याट बिल पाइन्छ । र, सोहीअनुसार हामीले बिक्री गर्दा पनि भ्याट बिल जारी गर्न समस्या छैन, उनले भने, तर, नेपाली किसानबाट खरिद गरेको आलु–प्याजमा भ्याट बिल पाइने कुरा भएन । त्यस्तो आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न सम्भव हुँदैन ।
नेपाली आलु संकलन केन्द्रहरूबाट सामान्य रसिदका आधारमा आलु र प्याज किन्ने गरेको उनले बताए । बिक्री गर्दा मात्र भ्याट बिल जारी गर्नुपर्दा व्यवसायीको आम्दानी धेरै देखिन्छ । जसकारण भ्याट र आयकर धेरै तिर्नुपर्ने बाध्यतामा पर्न सक्छन् । अर्कातिर किलोमै ६–७ रुपैयाँ महँगोमा बेच्नुपर्ने हुन्छ । महँगोमा बेच्नुपर्ने कारण देखाउन नसक्दा भोलिका दिनमा अप्ठ्यारोमा पर्न सकिन्छ भने मूल्यवृद्धिका कारण बिक्रीदरसमेत घट्न सक्छ, उनले भने ।
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले स्वदेशी उत्पादनलाई संरक्षण गर्ने गरी करनीति तर्जुमा भएकाले कहीँकतै अप्ठ्यारो नपर्ने बताए । ‘सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्ने गरी नीति बनाइरहेको छ । त्यसैले कोही अत्तालिनुपर्ने अवस्था छैन, उनले भने ।आलु–प्याज व्यवसायी गजुरेलका अनुसार काठमाडौं उपत्यकामा दैनिक ७० हजार किलो आलु र ३० हजार किलो प्याज खपत हुने गरेको छ, तर बुधबार भने बिक्री ठप्प पारिएको छ । ‘राज्यको नीतिले अप्ठ्यारो पर्ने भएपछि व्यवसाय नै नगर्ने निष्कर्षमा पुगेका हौँ, उनले भने ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल