Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आल नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने

काठमाडौं । सरकारले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल, घोषणा गर्न लागिएको हो ।
सोमबार मध्याह्न राष्ट्रिय सभागृहमा खानेपानी मन्त्रालयले आयोजना गर्ने एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नेछन् ।
नेपालका जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने काम सन् २०११ सालबाट सुरु गरिएको थियो । अहिले ७७ जिल्ला नै खुला दिसा मुक्त जिल्ला घोषणा भइसकेका छन् ।
सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानाई तीव्रता दिने योजना रहेको मन्त्रालयले जनाएको छ ।