Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आवगमनमा कडाई गर्दै ट्राफिक प्रहरी

काठमाडौँ । लकडाउनको अबधीमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग पनि गरेको पाइएको छ । लकडाउन अबधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाइ गर्न लागेको हो । सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायबधीका लागी भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही गर्ने महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए ।
उनले अत्याबश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरि अबस्था हेर्न, पास छ भनेर शान देखाउदै हिड्न समेत त्यस्ता सवारी साधनहरु गुडेको भेटिएका छन, अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निग्रानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने समेत बताए । हालसम्म लकडाउन उल्लंघन गर्ने ८९७४ सवारी साधन होल्ड तथा १८४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएकोछ । त्यसै गरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । उनले भने अनावश्यक हिड्डुल गर्न र पासको दुरुपयोग समेत रोक्नका लागी सिभील प्रहरी खटाउनुको साथै सिसिटिभीबाट समेत निग्रानी गरिनेछ ।
लकडाउनको अबधीमा मापसे गरि सवारी चलाउने, तिब्रगतिमा गुड्ने लगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुलाई कारबाही गरि लकडाउन अबधीभर होल्ड गरिने। ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त चेकजाँच समेत हुने गरेकोछ ।


सम्बन्धित समाचार