Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आशिकाले फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं । चिचिको पनि लोभ, पापाको पनि लोभ गर्दा सामाजिक अभियन्ता आशिका तामाङ नाराम्रोसँग विवादमा फसेकी छिन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाको धादिङ(१ की उम्मेदवा‍र आशिका तामाङले उम्मेदवारी फिर्ता लिएकी छन्। म्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो। तामाङले उम्मेदवारी फिर्ता गर्नका लागि फोन र इमेल गरेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए। उहाँले उम्मेदवारी फिर्ता गर्छु भनेर फोन गर्नुभयो। सोही ब्यहोरामा इमेल पनि गर्नुभएको थियो। त्यसलाई हामीले सूचनाका रूपमा लिएका छौं, उनले भने, निर्णय हुन बाँकी छ। उनका अनुसार तामाङ आफै कार्यालयमा उपस्थित हुने तयारीमा छन्। प्रतिनिधि सभा निर्वाचन ऐनको अनुसूची २२ अन्तर्गत फारम भरेर इमेल गरेकी थिइन्। उम्मेदवारको नाममा मेरो पनि नाम समावेश भएकाले उक्त निर्वाचनमा उम्मेदवार हुन हाल इच्छा नभएकाले राजीखुसी प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा २५ (१) बमोजिम आफ्नो नाम फिर्ता गर्ने सूचना गर्दछु, उनले इमेलमा लेखेकी छन्। आशिका तामाङले भने यस विषयमा छलफल भइरहेको बताइन्। अहिले छलफलमै छु। केही बेरमा निर्णय हुन्छ, उनले भनिन्। उनको जर्मन स्थायी आवासीय अनुमति पत्र सार्वजनिक भएको थियो। यसरी विवादमा तानिएपछि उनले आफ्नो उम्मेदवारी फिर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गरेकी हुन्। यही विषय बाहिरिएपछि उम्मेदवारी फिर्ता लिएको हो भनेर प्रश्न सोधेका छौं। त्यस विषयमा उनले भनिन्, त्यसकारणले मैले फिर्ता लिन लागेकी होइन।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल