Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आसरा सुधार केन्द्रको २१औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती प्रमिला खनालको उपस्थितिमा आसरा केन्द्र रानिबारीको २१औं वार्षिक साधारणसभा सोही केन्द्रमा बिहीबार आयोजित कार्यक्रमबीच सम्पन्न भएको छ ।
सो अवसरमा केन्द्रकी अध्यक्ष खनालले केन्द्र विशुद्ध कल्याणकारी र परोपकारी सेवाभावका साथ मन, वचन र कर्मले समाजमा सकारात्मक परिवर्तन ल्याउन समर्पित भएको चर्चा गर्नुभयो । केन्द्रले सेवा प्रवाहमा संख्यात्मक मात्र नभई गुणात्मक रुपमा सुधार गर्न कटिबद्ध रहेको उहाँले बताउनुभयो ।
उक्त केन्द्रकी सचिव महिमा शाहले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष अर्चना बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आसरा सुधार केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, केन्द्रका सल्लाहकारहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल