Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इङवा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले आज बैशाख १३ गते बुधबारदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज १७ गते आइतबार अन्तिम दिने हो ।
आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १२ लाख ६८ हजार ६ सय ३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख २६ हजार ८ सय ५४ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ता पाउने छन् ।
कम्पनीले ताप्लेजुङ जिल्लामा ९।७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।