Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इङवा हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले आज बैशाख १३ गते बुधबारदेखि १७ गते आइतबारसम्म आईपीओ निष्काशन खुला गरेको छ ।
स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख २६ हजार ८ सय ५४ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ता पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।