Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इच्छाराजलाई ५ अर्ब ५९ करोड बिगो र ८ वर्ष कैद माग

काठमाडौ । गत असोज १८ गते ठगी मुद्दामा पक्राउ गरेका सिभिल गुप्रका अध्यक्ष इच्छाराज तामाङविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ ।
सिभिल सहकारीका निक्षेपकर्ता तथा सिभिल होम मार्फत ठगी मुद्धामा मुछिएका तामाङविरुद्धको मुद्दा सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिललाई प्रतिवेदन बुझाएको हो ।
प्रहरीले बिहीबार बुझाएको प्रतिवेदनमा ८ वर्ष कैद र ५ अर्ब ५९ करोड रुपैयाँ बराबरको जरिवाना माग गरेको छ । एक हजार ४ सय ८७ जनाले ठगी गरेको भन्दै उजुरी दिएको आधारमा प्रतिवेदन पारिएको प्रहरीले जनाएको छ । तामाङसहित १२ जना पनि पक्राउ परेका थिए भने २४ जना फराहर रहेको प्रहरीले जनाएको छ ।